बलिउडका दुई प्रमुख प्रतिस्पर्धि नायिकाहरु हुन् दीपिका पादुकोण र प्रियंका चोपडा । उनीहरुको हरेक कुरालाई दाँजेर हेरिन्छ ।
पछिल्लो समयमा प्रियंकाभन्दा दीपिका एक कदम अगाडि छिन् । फिल्म पद्मावतको अपार सफलतापछि उनलाई एक नम्बर नायिकाको रुपमा लिन थालिएको छ ।
लोकपि्रयताको मामलामा पनि दीपिकाले प्रियंकालाई पछाडि छोडेकी छिन् । हालै भारतमा पहिलोपटक घोषणा भएको इन्स्टाग्राम अवार्डमा दीपिका ‘मोस्ट फलोड अकाउन्ट’ को विजेता बनिन् ।
इन्टाग्राममा दीपिकाका २ करोड २४ लाख फलोअर्स छन् । प्रियंका अलिकति मात्रै पछाडि छिन् । उनका २ करोड २० लाख फलोअर्स छन् । तेस्रो नम्बरमा रहेकी आलिया भट्टका १ २ करोड ८ लाख फलोअर्स छन् ।
सो कार्यक्रममा क्रिकेटर बिराट कोहलीले ‘मोस्ट ईंगेज्ड अकाउन्ट’ को टाइटल जितेका थिए । उनका १ करोड ९८ लाख फलोअर्स छन् । यसैगरी ईशान खट्टरले जल्दोबल्दो अकाउन्टको विधामा अवार्ड जिते । आलिया भट्ट र श्रद्धा कपुरलाई विशेष पुरस्कार दिइएको छ ।
प्रतिक्रिया 4