Comments Add Comment

धेरै फिल्मबाट रिजेक्ट भएका थिए अमिताभ


बलिउड महानायक अभिताभ बच्चनका प्रसंशक विश्वभर फैलिएका छन् । सामाजिक सञ्जालमा लाखौं फलोअर्स बनाएका बच्चनको उचाईमा अर्को कुनै कलाकार पुग्न हम्मे पर्ने मानिन्छ ।

उनै अमिताभले चलचित्रमा आउन भने निकै संघर्ष गर्नु परेको थियो । बच्चन स्वयंले भनेका छन्, ‘सुरुवाती चरणमा म धेरै चलचित्रबाट रिजेक्ट भएको थिएँ ।’
कहिले उनको चर्को आवाजले धोका दियो त कहिले उचाईले । इन्स्टाग्राममा एउटा फोटो शेयर गर्दै अमिताभले आफू रिजेक्ट हुनुको कारणबारे उल्लेख गरेका छन् । उनले लेखेका छन्-‘यहि तस्बिरका कारण म रिजेक्ट भएको थिएँ ।’

अभिताभले सन् १९६९ मा हिन्दी चलचित्र ‘सात हिन्दुस्तानी’ बाट करिअर सुरु गरेका थिए । केही अन्तरवार्ताको क्रममा उनले भनेका छन्-‘संघर्ष निकै गर्नु परेको थियो म पटक-पटक रिजेक्ट भएको छु ।’ पछिल्लो पटक उनले आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ मा काम गरेका छन् । ७६ वषर्ीय यी अभिनेता सामाजिक सञ्जालमा निकै सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment