+
+
Shares

प्रदेशसभा १ संसदीय समिति कति बनाउने भन्नेमा विवाद

नियमावली मस्यौदा संसदमा पेश

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ७ गते १७:३९

७, चैत विराटनगर । प्रदेशसभा १ को बैठकमा बुधबार प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा पेश भएको छ ।

मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले मस्यौदा पेश गरे पछि बैठक बिहीबारका लागि स्थगित भएको छ ।

उक्त मस्यौदा अध्ययनका लागि प्रदेश सभा सदस्यहरुलाई उपलब्ध गराइएको छ ।

प्रदेशसभाले नियमावली मस्यौदा गर्न अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको थियो ।

मस्यौदामा प्रदेशसभामा संसदीय समिति ७ वटा वा ४ वटा राख्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद भएपछि प्रदेशसभाले टुंग्याउने गरी बैठकमा नै टेबुल गरिएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच विषयगत समितिको संख्या ४ वा ७ राख्ने बारेमा सहमति नजुटेका कारण प्रदेशसभाको बैठक करिब २ घण्टा ढिलो सुरु भएको थिगयो ।

बिजनेस अभावमा २ सातासम्म स्थगित भई बुधबार बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?