८ चैत, काठमाडौं । घरेलु उद्योग दर्ता गर्न लिएको घुस रकमसहित घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरकी शाखा अधिकृत इन्दिरा गौतम (खनाल) पक्राउ परेकी छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ हजार रुपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।
काठमाडौं हिडेन ट्रेजर नामको सिलाई बुनाई गार्मेन्ट उद्योग दर्ताका लागि आएका सेवाग्राहीलाई गार्मेन्टको नाम अंग्रेजीमा भएको हुँदा नेपालीमा चाहिन्छ भनी घुस मागेको अख्तियारले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4