Comments Add Comment

१७ वर्षको उमेरमा घरबाट भागेकी थिइन् कंगना

मुम्बई । बलिउडकी सफल नायिकाको सुचीमा पर्छिन् कंगना रनौत । उनी आज जुन स्थानमा छिन्, यसका लागि निकै संघर्ष गर्नुपर्‍यो उनले ।

हिमाञ्चल प्रदेशको सानो गाउँमा २३ मार्च १९८७ मा जन्मेकी थिइन् उनी । उनकी आमा पेशाले इन्जिनियर हुन् भने बुबा ब्यापारी । देहरादुनमा पढेकी कंगनालाई अभिनय र मोडलिङप्रति गहिरो रुची थियो ।

आफ्नो सपना पुरा गर्नका लागि उनले बुबासँग झगडा गरेकी थिइन् । घरबाट भागेर हिँडेकी कंगनाले बलिउडमा निकै संघर्ष गर्नुपर्‍यो ।

पहिलो फिल्मबाट उनी रिजेक्ट भएकी थिइन् । उमेर थोरै भएको भन्दै निर्देशकले उनलाई रिजेक्ट गरेका थिए ।

एक अन्तर्वार्ताको क्रममा उनले भनेकी छिन्, ‘अडिसन दिएकै भरमा फिल्म पाउँला भनेर मैले सोचेको थिइनँ ।’ उनी किशोरीहरुको समुहमा थिइन् । एक साथीले महेश भट्टको अफिस लिएर गएका थिए ।

महेश भट्टको अफिसमा मोहित सुरी र अनुराग बसु थिए । उनले अडिसन दिइन् । तर, उमेर थोरै भएको भन्दै रिजेक्ट भइन् ।

त्यसको दुई महिनापछि अनुरागले फोन गरेर भने, ‘ग्याङस्टार’ को स्टोरी युनिक छ । त्यसमा काम गछ्र्यौ त ?’ उनले पनि सहमति जनाइन् ।

उनले फेसन, क्वीन, तनु वेड्स मनु रिटर्नलगायतका फिल्ममा काम गरेकी छिन् । तीन पटक नेशनल अवार्ड बिजेता कंगना सानो उमेरमै नेशनल अवार्ड पाउने नायिकाको रुपमा चिनिन्छिन् ।

कंगना अहिले बलिउडकी सबैभन्दा महंगो नायिका हुन् । अहिले उनी एउटा फिल्ममा काम गरेवापत ११ करोड पारिश्रमिक लिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment