+
+
Shares

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ९ गते १४:३३

९ चैत, सिमरा । बाराको जितपुरसिमराको सिमरास्थित दूरसञ्चार चोकमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिमराबाट पथलैया जाँदै गरेको ना ७ ख २३३९ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ना १९ प ३८४१ नम्बरको यामाहा ग्लाडिएटर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृतक र घाइते दुबैको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि सिमरास्थित अल्पाइन अस्पताल सिमरामा पुर्‍याइएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?