Comments Add Comment

क्रिकेटर सन्दिपको सरप्राइज, सार्वजनिक गरे यस्तो गीत


क्रिकेटर सन्दिप लामिछाने यतिबेलो आफ्नो स्पिन बलिङका कारण विश्वचर्चित बनिरहेका छन् । इन्डियन प्रिमियर लिग खेल्न पर्सी भारत जाने तयारीमा छन् उनी ।
भारत जानुअघि सन्दिपले फ्यानहरुलाई एउटा सरप्राइज दिएका छन् । आफ्नो फेसबुकमा उनले एउटा गीतको टिजर सार्वजनिक गरे जसमा उनी स्वयम्को स्वर रहेको छ । सन्दिप क्रिकेट बलमा औंला घुमाउन मात्र होइन, गीतमा स्वर घुमाउन पनि खप्पिस रहेछन् ।

‘गायन सँधै मेरो दोस्रो सौखको रुपमा रहेको छ । एउटा गीतमार्फत मैले आफ्नो सौखलाई उजागर गर्ने इमान्दार प्रयत्न गरेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।
‘उदास थियो यो मेरो मन’ बोलको १ मिनेटको टिजरमा उनले सकारात्मक प्रतिक्रिया पाएका छन् । सन्दिपले चाँडै आफू ‘प्रतिक्षा’ एल्बम लिएर स्रोतामाझ आउने जानकारी पनि गराएका छन् ।

क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेका सन्दिप संगीतमा कति अगाडि बढ्ने हुन् धेर्दै जाउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment