१२ चैत्र,बुटवल । बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आज आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र नेपाल आर्मीका बीच हुदैछ ।
खेल बुटवल १० मा रहेको मानविज्ञान माविको खेल मैदानमा दिउँसो ३ बजे हुनेछ ।
१ करोड १४ लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी, सुनौलो संगम, एपिएफ क्लब र झापा ११ को सहभागिता रहेको छ ।
खेल र खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडी ३ लाख रुपैयाँ बीमासमेत गरिएको छ ।
प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्वितिय हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ रसेमिफाइनल पुग्ने २ टिमले नगद १–१ लाख प्राप्त गर्नेछन ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडीले नगद २१/२१ हजार प्राप्त गर्ने आयोजकको भनाइ छ ।
खेल १९ गते सम्म चल्नेछ ।
यसअघि आइतबारको खेलमा विभागीय टिम नेपाल एपीएफ क्लब विजयी भएको थियो ।
नविन लामाको ह्याट्रिकसंगै झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ क्लब विजयी भएको थियो ।
प्रतिक्रिया 4