+
+

प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुन्छः डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १५:४५

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने एमाले नेता डा. राजन भट्टराईले बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्रीको ओलीको टिममा रहेर काम गरिरहेका भट्टराईका अनुसार भ्रमणको गृहकार्य भइरहेको छ ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेपाल भारत प्रवुद्ध समूहका सदस्य समेत रहेका भट्टराईले उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालमा लगानी गर्नेबारे थोरै विषयमा धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गर्नेगरी कुरा गर्नुहुन्छ ।’

उनले अघि भने, विगतमा भएका तितामिठा कुराहरुको अन्त्य हुनेछ, अब हामी पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं । एक अर्काको जायज चासोलाई सम्बोधन गर्छौं ।’

भारतसँग पूर्वाधार विकासमा जोड दिन चाहेको उनले बताए । हवाई, विद्युत, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुने भन्दै उनले भने, प्रधानमन्त्रीको दृष्टिकोण पनि धेरै कुरामा हात हाल्नेभन्दा महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने रहेको छ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्नेबारेमा विशेष महत्व दिनुपर्ने बताए ।

पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले पनि लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?