१६ चैत, गोरखा । गण्डकी गाउँपालिका-५ दर्वुङ डाँडागाउँमा रहेको एनसेेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन् ।
बिहीवार रातको समयमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आगजनीका कारण जेनेरेटर, टेक्निकल तार, च्यानल बोर्डमा क्षति पुगेको र टावरले काम नगरेको जिल्ला डीएसपी भेषराज रिजालले बताए ।
‘बिहीबार राति आगजनी भएपनि आज दिउँसो मात्र खवर आयो । घ्याच्चोक प्रहरी चौकीबाट टोली खटायौ, सामानहरु जलेका छन् तर, कति रकम बराबरको क्षति भयो भन्ने एकीन छैन’ डीएसपी रिजालले भने ।
आगलागी कसले र किन गरेको भन्नेबारे एकिन नभएको उनको भनाइ छ । विप्लव समूहले आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4