Comments Add Comment

किलर माउन्टेन मनास्लुको चुचुरोमा पुगेपछि… (फोटो फिचर)

हिम टाकुरा टेक्नका लागि मृत्युलाई जित्नुपर्छ । सबै हिमाल आफैमा कठिन हुन्छन् । त्यसमध्ये पनि केही यस्ता हिमाल छन्, जहाँ ज्यानलाई दाउमा राख्नुपर्छ ।

मनास्लु् त्यस्तै हिमाल हो । त्यसैले त यसलाई उपमा दिइएको छ, किलर माउन्टेनको । आरोहीहरु भन्छन्, ‘अरु हिमालभन्दा निकै जोखिमपूर्ण छ ।’

मनास्लुको कठोरतासँग जुध्ने सहास जो कोहिसँग छैन । त्यसैले हिमाल आरोहणको सूचीमा यो हिमाल सायदै समेटिन्छन् ।

पूणिर्मा श्रेष्ठ, जो पत्रकार पनि हुन्, उनी भने यही जोखिमसँग खेल्न तम्सिइन् । गोरखामा जन्मिएकी उनीलाई के लाग्यो भने, आफ्नै जिल्लाको हिमाल किन नचढ्ने ? उनले मनास्लु हिमाल चढ्ने योजना तय गरिन् । सुन्नेहरुले उनलाई उडाए । हुन पनि उनले ५ हजार मिटरभन्दा माथिको उचाई अनुभव गरेकै थिइनन् । त्यसमाथि दुई महिनाको मात्र तयारी ।

तर, उनको पाइला रोकिएनन् । मनास्लु हिमाल आरोहरणका लागि निस्किइन् । मनास्लुको कठोरतामाथि विजयको झन्डा गाडिन् । मनास्लु पुगेपछिको क्षणलाई उनले यसरी स्मरण गरेकी छिन्, ‘मनास्लुको टुप्पोमा पुग्दा लाग्यो, म विश्वको सबैभन्दा भाग्यमानी मानिस हुँ । यसो तल हेर्दा सूर्य पनि आफु भन्दा तल देखिने । स्वर्ग पुगे जस्तै लाग्यो । फेरी आफु उक्लिएको बाटो हेरें । त्यो बाटो हेर्दा आङ नै सिरिङ्ग भयो ।’

मनास्लुको सफल आरोहण पछि नै हो उनमा सगरमाथा चढ्ने हिम्मत बढेको ।

सर्वोच्व शिखर सगरमाथा चढ्ने तयारी गरिन् । आगमी चैत्र २२ गते उनी सगरमाथा आरोहणका लागि निस्कने योजनामा छिन् । ‘सगरमाथा चढ्ने मात्र लक्ष्य होइन’ उनले अनलाइखबरसँग भनिन्, ‘फोटो प्रदर्शनी पनि गर्ने हो ।’ पूणिर्माको अनुसार सगरमाथाको आधारशिविरदेखि विभिन्न शिविरमा फोटो प्रदर्शनी हुनेछ । यो सिलसिला सगरमाथाको चुचुरोसम्म पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment