Comments Add Comment

एक-अर्काको फेसबुक चलाउँछन् माग्ने बुढाका दम्पत्ति


कतिपय श्रीमान-श्रीमतीहरु आफ्नो फेसबुकको पासवर्ड एक-अर्कासँग सेयर गर्दैनन् । यो नितान्त निजी खाता भएकाले पासवार्ड आफैंमा सिमित राख्नुपर्ने उनीहरुको धारणा हुन्छ ।

तर, एक-अर्काको फेसबुक एकाउन्ट खोलेर चलाइदिने बानी परेका दम्पत्तिहरु पनि थुप्रै हुन्छन् । श्रीमान र श्रीमतीबीच कुनै कुरा गोप्य रहनु हुँदैन भन्ने उनीहरुको मान्यता हुुन्छ । यस्तै मान्यता राख्ने दम्पत्ति हुन्, केदार घिमिरे माग्नेबुढा र उनकी पत्नी सीता । उनीहरु कसको मोबाइलमा कसको फेसबुक खुलेको हुन्छ भन्ने पनि पत्तो हुँदैन ।

केही दिन अगाडि हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेसबुकमा एक व्यक्तिको नाम खोजिरहेका थिए । कलाकार सिताराम कट्टेल धुर्मुसका लागि अमेरिकाबाट कसैले पठाएको ५१ हजार रुपैयाँ हस्तान्तरण गर्ने क्रममा माग्नेले ती व्यक्तिको नाम विर्सिए ।

उनले फेसबुकमा लामै समय खोजे, तर भेटेनन् । यता, सितारामले ‘माग्ने बुढाले पैसा दिन २ महिना लगाए, अब नाम खोज्न एक बर्ष लगाउने भए’ भन्दै व्यङ्ग्य गरे ।
पछि मात्र कारण थाहा भयो, माग्नेबुढाले किन फेसबुकमा ती व्यक्तिको नाम भेट्न सकेका रहेनछन् । केदारको मोबाइलमा पत्नीको फेसबुक ‘लग इन’ भएको रहेछ । उनले भने-‘बुढीको फेसबुकमा कहाँको नाम भेट्नु त । एकछिन है म आफ्नै खोल्छु ।’

सो क्रममा केदारले आफूले श्रीमतीको फेसबुक पनि आफूले चलाइदिने गरेको बताए । कहिलेकाहीँ श्रीमती व्यस्त भएको समयमा उनको फेसबुकमा आफैले फोटो पोस्ट गरिदिने गरेको पनि उनले खुलाए ।

यता केदारकी श्रीमतीको मोबाइलमा भने केदारको फेसबुक ‘लग इन’ रहेछ । पछिल्लो समय केदार र उनकी श्रीमती एकसाथ सार्वजनिक कार्यक्रममा पुगेको देख्न पाइन्छ । सीताले हास्य टेलिश्रृंखला जिरे खुर्सानीमा अभिनय समेत गरिहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment