+
+
Shares

सांसदको रोहवरमा छुटेकी ठगी मुद्दाकी अभियुक्त बेपत्ता

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २१ गते १५:४९

२१ चैत, काठमाडौं । ठगीको मुद्दामा पक्राउ परेर सांसदको रोहबरमा छुटेकी एकजना अभियुक्त वेपत्ता भएकी छन् ।

माओवादी सांसद हितबहादुर तामाङले ठगी मुद्दामा पक्राउ परेका मेनका पण्डितलाई आफ्नो रोहबरमा छुटाएका थिए । ४५ दिनको बच्चा रहेको भनेपछि प्रहरीले बुधबार विहान ७ बजे हाजिर गराउने शर्तमा मेनकालाई छाडेका थिए ।

तर, अहिलेसम्म मेनका आएकी छैनन् भने सांसद तामाङले पनि कुनै खबर गरेका छैनन् । दुबैको फोन अफ छ ।

नुवाकोटकी मेनाका ठगीको अभियोगमा पक्राउ परेका थिइन् । मेनका र सञ्जय पौडेलले गोलढुंगा ४ मा ३२ आना जग्गाका लागि कीर्तिपुर ९ की अम्बिका रानासँग ५५ लाख लिएका थिए । तर, जग्गा उनीहरुको नभएको र आफू ठगिएको थाहा पाएपछि रानाले महानगरीय प्रहरी परिसर,काठमाडाैंमा उजुरी दिएकी थिइन् ।

मेनका र सञ्जय मंगलबार साँझ पक्राउ परेका थिए । तर, सांसद तामाङले ४५ दिनको बच्चा रहेको भन्दै विहान उपस्थित गराउने गरी मेनकालाई छुटाएका थिए ।

‘प्रहरीलाई उच्च मानवीय संवेदशीलताको विषय तेर्साएर ४५ दिनको बच्चा सिरियर छ भन्दै उनलाई राति लगिएको थियो’, स्रोत भन्छ, ‘बिहान ल्याउँछु भनेर विश्वास दिलाएका माननीयले ३ बजेसम्म ल्याएनन् ।’
बुधबार दिउँसो परिसरमा उपस्थित पीडित अभियुक्त गायब भएको जानकारी पाएलगत्तै आक्रोशित बनेका थिए ।
लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?