२१ चैत, काठमाडौं । युट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।
घाइते हुनेमा १३ वर्षका डेभिड लामा छन् ।
हेटौंडाको लेवट स्थायी घर भइ बबरमहलस्थित निर्माणधीन घरमा बस्दै आएका उनले काठको बटममा फलामको पाइप जोडेर त्यसमा सलाइको काँटीमा हुने बारुद हालेका थिए । र, त्यसलाई जलाउने क्रममा पड्किँदा उनी स्वयम् पनि घाइते भएका थिए ।
घटना लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । र, उनलार्इ नियन्त्रणमा लियो ।
काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलका अनुसार लामाको बाँया गालामा चोट लागेको छ । उनलार्इ बाल गृहमा राखिने प्रहरीले जनाएको छ ।
हाल उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4