Comments Add Comment

अरनिको राजमार्गको सिन्डिकेटले घुँडा टेक्यो

सिटी मेट्रो र महानगर यातायात बनेपामा 


२२ चैत, काठमाडौं । सरकारले रुट इजाजत खारेजीको प्रक्रिया अघि बढाएपछि अरनिको राजमार्गका सिन्डिकेटधारी यातायात व्यवसायीहरु आन्दोलनबाट पछि हटेका छन् ।  उनीहरुले चुपचाप आफ्ना बस सेवा सञ्चालनमा ल्याएका छन् ।

कोटेश्वरपूर्वका ११ वटा समितिले बिहीबार विहानैबाट अघोषित रुपमा नै सेवा सुचारु गरेका हुन् । सरकारले अन्य कम्पनीलाई पनि धुलिखेल र पनौतीबाट काठमाडौंसम्मको रुटमा इजाजत दिएपछि उनीहरुले गाडी चलाउन थालेका हुन् ।

मयुर यातायातले रुट इजाजत पाएपछि ११ वटा समितिले सवा रोकेर आन्दोलन गरेका थिए । तर, उनीहरुको आन्दोलनका बीचमा साझा, सिटी मेट्रो, महानगर र मयुर यातायातले काठमाडौं-बनेपा-धुलिखेल रुटमा इजाजत पाएका छन् ।

ठूलो बस सञ्चालन गरिरहेका विभिन्न कम्पनीले धमाधम रुट इजाजत लिएर धुलिखेल र पनौतीसम्म सेवा विस्तार गरेपछि सिन्डिकेटबाला व्यवसायीहरु पछि हटेका हुन् । ‘आज विहानैबाट गाडी चले । उनीहरुले आन्दोलन फिर्ता भयो मात्र भनेका छैनन्’ यातायात व्यवस्था विभागका एक अधिकारीले भने ।

सिटी मेट्रो र महानगर यातायात बनेपामा 

मयुरलाई बनेपासम्म मात्र सुरु गरेका बस सेवालाई अबक धुलिखेलसम्म विस्तार गरेको छ ।त्यसैगरी साझा यातायातले पनौती र धुलिखेलबाट सेवा दिन थालेको छ । साझाका १०-१० वटा बस धुलिखेल र पनौतीबाट चल्न थालेका हुन् ।

सिटी मेट्रोले पनि बनेपासम्म रुट पाएको छ । महानगर यातायातले पनि रुट इजाजत लिन तयारी थालेको छ । योसँगै बनेपासम्म मयुर गएको बिरोध गर्दा अन्य बसले धुलिखेल र पनौतीसम्म नै सेवा विस्तार गर्न पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment