Comments Add Comment

दार्चुलाका ३२ वडाका कार्यालय छैनन्, १४ वडा सचिव विहीन

२३ चैत, दार्चुला । दार्चुलाका वडा कार्यालयहरुको व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

नयाँ संरचना लागु भएसँगै केही वडा कार्यालय साविकको गाविस भवनमै स्थापित भएका थिए भने एउटा गाविसलाई २ वडा कायम गरिएका वडाहरुको आˆनै वडा कार्यालय नहुदाँ समस्या हुने गरेको वडा कर्मचारीहरको गुनासो छ ।

नयाँ संरचना लागू भएसंगै दार्चुला जिल्लामा पुरानो संरचना परिवर्तन भएर ९ स्थानीय तह र ६१ वडा कार्यालय निर्धारण गरिएको छ ।

परिवर्तित संरचना अनुसार भौतिक व्यवस्थापन गर्न नसकिदा वडा कार्यालयको दैनिक कामकाज प्रभावित हुने गरेको महाकाली नगरपालिका-६ का वडासचिव लालबहादुर धामीले बताए ।

पुरानो संरचनालाई परिवर्तन गर्न जतिको सजिलो थियो उत्तिक्कै गाह्रो वडा कार्यालय व्यवस्थापन देखिएको छ ।

विभिन्न आवश्यक पुराना प्रमाण पत्र नयाँ वडा कार्यलयमा नहुँदा समस्या हुने गरेको सचिव धामीले गुनासो गरे ।

दार्चुला जिल्लाका ४१ वटा गाविसहरुलाई २ नगरपालिका र ७ गाँउपालिकामा तथा ६१ वडामा विभाजन गरिएको छ ।

वडा कार्यालय व्यवस्थापनमा प्रभावकारी हुन नसक्दा सोचे जस्तै सेवा प्रवाह गर्न नसकिएको वडा नं. ७ का अध्यक्ष चन्द्रसिंह बिष्टले जानकारी दिए ।

महाकाली नगरपालिकामा ७ वटा वडाहरुको आˆनै भवन नभएको नगरपालिकाले जनाएको छ । त्यस्तै शैल्यशिखर नगरपालिकामा ५ वटा, मालिकार्जुन गाउँपालिकामा ३, अपीहिमाल गाउँपालिकामा ४, मार्मा गाउँपालिकामा ३ र दुहुँ गाउँपालिकामा २ वडा कार्यालयहरुको आˆनो भवन नहुदाँ समस्या भएको वडाध्यक्षहरुको भनाइ छ ।

त्यसैगरि व्याँस गाउँपालिकामा २ वटा, लेकम गाँउपालिकामा ३ र नौगाड गाँउपालिकामा ३ वटा वडाकार्यलयहरुको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हने गरेको वडा सचिवहरुको गुनासो छ ।

दार्चुला जिल्ला भरिका ६१ वडाहरु मध्ये ३२ वडा कार्यालयहरुको आफ्नै वडाकार्यालय भवन नहुँदा दैेनिक सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

१४ वडा कार्यालय सचिव विहीन

नयाँ संरचना लागू हुन पूर्वदेखि दार्चुलाका स्थानीय निकायले भोग्दै आएको सचिवको पदरिक्त समस्या अहिले पनि भोगिरहेका छ ।

नयाँ राज्य पुनर्संरचना लागू भइ स्थानीय सरकार गठन भइसके पनि दार्चुला जिल्लाका स्थानीय तहहरुमा काम गर्ने कर्मचारीहरुको पदपूर्ति नै हुन नसक्दा सेवा प्रबाहमा समस्या हुने गरेको छ ।

एउटा वडा कार्यालयमा दरबन्दी रहेको वडा सचिवले अर्काे वडा कार्यालयको समेत जिम्मेवारी सम्हाल्नु पर्ने बाध्यता दार्चुलाका स्थानीय तहहरुमा रहेको छ । जिल्लाका ९ वटा स्थानीय तहमा यस्तो समस्याले जरो गाडेको छ ।

महाकाली नगरपालिकाका २ वटा वडा कार्यालयमा सचिवहरुको पद रिक्त रहेको छ ।

नगरपालिकाको वडा नम्बर १ र ५ मा वडासचिवहरुको पद रिक्त भएपनि खरिदार स्तरका कर्मचारीहरुले सेवा प्रबाह गरिरहेको नगरपालिका नगरप्रमुख हंसराज भट्टले जानकारी दिए ।

शैल्यशखिर नगरपालिकाका ३ वटा वडा कार्यालय सचिव विहीन भएका छन् । वडा नम्बर १, ५ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको छ ।

वडा नम्बर १ मा प्राविधिकले सचिवको काम गरिरहेको वडाध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

वडा नम्बर ६ का सचिव सरुवा भएपछि एक महिनादेखि उक्त वडा कार्यालयमा पनि सचिवको पद रिक्त रहेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । वडा नम्बर ५ को वडाकार्यालयमा कृषि जेटिएले सचिवको कार्यभार सम्हाली रहेकाछन् ।

लेकम गाउँपालिकाकावडामा पनि विभिन्न वडा कार्यालयमा सचिवहरुको पद रिक्त रहेको छ ।

लेकम गाउँपालिकामा निर्धारण गरिएका ६ वटा वडामा ४ जना सचिवले काम गर्नु परेको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताए ।

वडा नम्बर ३ र ४ मा एक जना सचिवले जिम्मेवारी लिएका छन् भने ५ र ६ मा अर्का एक जना सचिवले २ वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

यसैगरी नौगाढ गाउँपालिकामा पनि यस्तो समस्या अछुतो रहन सकेको छैन । वडा नम्बर १ का वडासचिवले वडा नम्बर ५ को वडा कार्यालयमा समेत हेर्नु परेको नौगाढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनसिँह ठगुन्नाले बताए ।

वडा नम्बर ३ का वडा सचिवले वडा नम्बर २ को वडा कार्यालयमा जिम्मेवारी सम्हालिरहेका छन् ।

त्यसैगरी वडा नम्बर ८ मा पनि सचिवको पद रिक्त रहेकाले गाउँपालिकाका नायब सुब्बाले सचिवको काम गर्ने गरेको प्रशासकीय अधिकृत ठगुन्नाले बताए ।

यसैगरी मालिकार्जुन गाउँपालिकाको एउटा वडा कार्यालय सचिव विहीन छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा वडा सचिवको पद रिक्त रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिँह धामीले बताए ।

वडा नम्बर ४ मा पदरिक्त भएपनि नजिकको ५ नम्बर वडा कार्यालयका सचिवबाट काम काज भइरहेको उनले बताउ ।

व्याँस गाउँपालिकाका २ वटा वडा कार्यालयमा सचिवको पदरिक्त रहेको छ । व्याँसको वडा नम्बर १ र ३ मा वडा सचिव नभएकाले साविकको जिल्ला विकास समितिको कार्यालयका २ जना खरिदारले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले बताए ।

मार्मा गाउँपालिकाको एउटा वडा कार्यालयमा वडा सचिवको पद रिक्त रहेको छ । वडा नम्बर ३ र ४ मा एउटै सचिवले काम गरिरहेको स्वास्थ्य शाखा संयोजक चक्रसिँह धामीले जानकारी दिए ।

दुहू गाउँपालिकाको एउटा वडा कार्यालयमा सचिवको पद रिक्त रहेको छ । दुहू गाउँपालिका वडा नम्बर १ मा वडा सचिवको पद रिक्त रहेको गाउँपालिका प्रबक्ता एवं वडा नम्रब २ का वडाध्यक्ष गोविन्द डडालले जानकारी दिए ।

१ नम्बर वडा कार्यालयमा पदरिक्त भएपनि वडा नम्बर ४ का वडासचिवले जिम्मेवारी सम्हालिरहेका छन् ।

अपीहिमाल गाउँपालिकाकामा पनि २ वटा वडा कार्यालयमा वडा सचिवको पद रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अकिृतत जयसिँह धामीले बताए । वडा नम्बर २ र ५ मा वडा सचिवको पद रिक्त रहेका छन् ।

वडा नम्बर २ मा वडा नम्बर एकका सचिवले काम चलाइरहेका छन् भने ५ मा वडा नम्बर ६ का वडासचिवले सम्हालिरहेका छन् ।

गाउँघरका सिंहदरबार चलाउने कर्मचारी नै नहुदाँ जनताहरुलाई भने पुरानै दिन सम्भिmन बाध्य गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment