+
+
Shares

जबरजस्ती करणीपछि महिलाको हत्या प्रयास गर्ने युवक पक्राउ

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ चैत २३ गते १२:२८


२३ चैत, विराटनगर । प्रहरीले महिलालाई जबरजस्ती करणीपछि हत्या प्रयास गरेको अभियोगमा सुनसरीका अजय झालाई पक्राउ गरेको छ ।

सुनसरी बराह नगरपालिका ७ का २३ वषर्ीय झालाई बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । स्थानीय महिलालाई जबरजस्ती करणी गरी हत्याको प्रयास गरेको आरोपमा पक्राउ परेका उनलाई शुक्रबार सार्वजनिक गरेको छ ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले दिएकाे जानकारी अनुसार, बराह नगरपालिकाको स्थानीय होटलमा काम गर्ने युवतीलाई झाले बिवाह गर्छु भनी ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।

जबरजस्ती करणीबाट ३० वर्षीया महिला गर्भवती भएपछि अजयले ती महिलालाई तीन साताअघि झापा दमकको डेरामा राख्ने भन्दै लगेर मोरङको भाउन्नेको जंगलमा ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गरी घाँटीमा सलले बाँधेर अचेत अवस्थामा फाली फरार भएका थिए ।

पीडित महिलाकी श्रीमानले दोस्रो विवाह गरी वेपत्ता भएपछि उनी होटलमा भाडा माझ्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

अजयलाई खोजी गर्ने क्रममा बिराटनगर १३ कोशी प्रोजेक्टको एरियामा लुकी छिपी हिँडडुल गर्दै गरेको अवस्थामा बिहीबार विहान अजयलाई पक्राउ गरेको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।

ती महिलालाई दमक लाने क्रममा सहयोग गर्ने अजयका साथी सन्तोष तामाङ भने फरार रहेका छन् ।

तीन साताअघि मोरङ बेलबारी नगरपालिका १० स्थित भाउन्नेको जंगलमा ती महिला बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।

उपचारका क्र्ममा उनको होस खुलेपछि ती महिलाले आफूलाई जबरजस्ती करणी गरी अजयले हत्याको प्रयास गरेको बताएपछि प्रहरी अजयको खोजीमा लागेको थियो ।

ती महिलाको पेटमा रहेको ७ महिनाको गर्भको बच्चाको भने मृत्यु भएको छ । पीडित महिलाका बाबुले अजयविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएका थिए ।

अजयलाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अभियोगमा प्रहरीले मुद्दा दर्ता गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?