+
+
Shares

यति एयरलायन्सको जहाजको हृवील लक हुँदा पोखराबाट उडान प्रभावित

युनिस गुरुङ युनिस गुरुङ
२०७४ चैत २७ गते १५:३०

२७ चैत, पोखरा । पोखरा विमानस्थल ल्यान्डिङ गरी पार्किङ गर्ने क्रममा हृवील लक भएपछि सबै उडान प्रभावित भएको छ ।

काठमाडौंबाट पोखरा अवतरण गरेको यति एयरलायन्सको जहाज रन-वेमा हृवील लक भएको हो ।

‘जहाज ल्यान्डिङ गरी पार्किङ गर्ने क्रममै रन-वेमा हृवील लक भएर जहाज उडान प्रभावित भएको हो,’ पोखरा विमानस्थल प्रमुख भोला गुरागाइँले भने, ‘काठमाडौंबाट प्राविधिक ल्याएर मर्मत हुँदैछ ।’

रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पर्‍ुयाएर उडान सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख गुरागाइँले जानकारी दिए ।

ठूलो जहाज ल्यान्डिङमा समस्या हुने भएपछि तारा एयरको सानो जहाजमा प्राविधिक पोखरा ल्याएर विमानस्थल खुलाउने तयारी भइरहेको सूचना अधिकारी काशीनाथ अधिकारीले जानकारी दिए ।

मर्मत तथा विमानस्थल सञ्चालन मंगलबार नै हुने भए पनि अझै केहिबेर लाग्ने प्राविधिकले जानकारी दिएका छन् । पोखरामा दैनिक ३५ उडान हुँदै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?