+
+

किरण गुरुङ बने एमाले प्रदेश ४ को संसदीय दलका उपनेता

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते ९:५३

२८ चैत, पोखरा । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् ।

यसअघि मुख्यमन्त्रीको दाबी गरेर प्रदेशसभा निर्वाचन लडेका गुरुङ संसदीय दलको चुनावमा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने गरी अघि सरेपछि उम्मेदवार बनेका थिएनन् । सातै प्रदेशका मन्त्रीहरुमध्ये किरण गुरुङ हाई प्रोफाइल नेता हुन् । उनी यसअघि केन्द्र सरकारको वनमन्त्री भइसकेका थिए ।

बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा लम्जुङबाट निर्वाचित प्रदेशसभा सदस्य मायानाथ अधिकारीलाई चयन गरेको छ । उनी एमाले केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?