+
+
Shares

स्वस्थ जीवन चाहनुहुन्छ ? त्यसो भए मज्जाले सुत्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २८ गते १२:४२

मान्छेहरु भन्ने गर्छन्, धेरैबेर सुत्नु हुँदैन । सुताईले मान्छेलाई अल्छी बनाउँछ ।

जबकी शरीरका कयौ अंगहरुलाई आराम दिलाउन पनि निद्रा निकै आवश्यक छ । जब हामी गहिरो निद्रामा हुन्छौ, शरीरले विषादी सफा गर्ने काम गर्छ । त्यसैले, त सुतेर उठेपछि हामी हल्का महसुस गरिरहेका हुन्छौ ।

गहिरो निद्रा शरीरका विभिन्न अंगहरुका लागि मात्र हैन, छालामा चमक ल्याउन तथा छालालाई स्वस्थ राख्न समेत आवश्यक छ ।

त्यसैले त, निद्रा पूरा नहुनासाथ त्यसको असर सबैभन्दा पहिले अनुहार तथा छालामा देखिने गर्छ । र, आँखाको तल्लो भाग कालो हुने गर्छ । त्यतिमात्र हैन, निद्रा पूरा नभए यसको असर मानसिक रुपमा समेत देखिने गर्छ ।

निद्रा पूरा नभएमा स्वास्थ्यमा हुने विभिन्न समस्या

मुड डिस्अर्डर

निद्रा पूरा नभएमा व्यक्ति चिडचिडापन हुने गर्दछ । लामो समयसम्म यस्तो चिडचिडापन रहेमा व्यक्तिमा मुड डिस्अर्डरको समस्या हुने गर्दछ ।

यसको कारण के हो भने, जब हामी सुत्छौ, त्यतिबेला मस्तिष्कले आˆनो भावनात्मक सुचनालाई प्रोसेस गर्दछ । परिणामस्वरुप, सुचना मस्तिष्कमा यादको रुपमा स्टोर हुने गर्छ ।

जब निद्रा पूरा हुँदैन, प्रकि्रयामा तलममाथि हुने गर्छ । र , मुड डिस्अर्डर लगायतका अन्य भावनात्मक समस्या उत्पन्न हुन थाल्छ । यही नै कारण हो, निद्राको कमी भएमा त्यसको असर मानसिक स्थितिमा पर्ने गर्छ । हामी झर्को मान्न थाल्छौ । दिमाग ताजा नभएजस्तो महसुस गर्न थाल्छौ । जसका कारण कयौ पटक भर्खर भएको कुरा भर्खरै विर्सने समेत गर्छौ ।

मधुमेहको खतरा

प्रायः के सम्म देखिएको छ भने जब हामी निद्रा पूरा गर्दैनौ, हामी जंकफुड तथा चिनीयुक्त खानेकुराको अधिक सेवन गर्दछौ । जसका कारण मधमेह लगायत जीवनशैलीसित सम्बन्धित विभिन्न रोगहरुलाई निमन्त्रणा दिने गर्दछौ ।

स्मरणशक्ति कमजोर हुन्छ

विभिन्न अनुसन्धानहरुले पत्ता लगाए अनुसार निद्रा पूरा नहुनुको सिधा सम्बन्ध याददास्तसित हुन्छ । खासगरी, जब हामी गहिरो निद्रामा सुत्छौ, त्यतिबेला दिमागले अफूलाई रिसेट गरिरहेको हुन्छ । निद्रा पूरा नभएमा यो प्रकि्रयामा समस्या पैदा हुन्छ । निद्राको कमीको कारण तन्त्रिकामा तिव्र हानी पुग्छ ।

जसका कारण तन्त्रिकाको कार्यक्षमता प्रभावित हुन पुग्छ । र, स्मरण शक्ति प्रभावित हुन पुग्छ । अझ लामो समयसम्म गहिरा निद्रा प्राप्त भएमा भविष्यमा अल्जाइमर लगायतका दिमागी समस्या हुने खतरा बढ्ने गर्छ ।

मोटोपना बढ्छ

जब हाम्रो निद्रा पूरा हुदैन, हामी विहान छिटो उठ्न सक्दैनौ । यस्तो स्थितिमा खानपानको समय गडबडिने गर्छ । त्यतिमात्र हैैन, खानपानको गडबडी भएमा व्यक्तिलाई उच्च क्यालोरीयुक्त खानेकुरा खान मन लाग्छ ।

एक अनुसन्धानले जनाए अनुसार विहानढिला उठ्ने व्यक्तिले अन्य व्यक्तिको तुलनामादैनिक ६७० क्यालोरी खानेकुरा बढी खाने गर्छ । यतिमात्र हैन, निद्राको कमीका कारण शरीरको तौललाई नियन्त्रण गर्ने लेप्टिक नामक हर्मोनको स्तर कम हुने गर्छ र मोटोपना तिव्र गतिमा बढ्ने गर्छ ।

थकान महसुुस हुनु

निद्राको कमीले शरीरमा थकान पैदा गर्ने रसायनको उत्पादन बढी हुने गर्छ । जसका कारण शरीर शिथिल हुने, दिनभरी थकान महसुुस हुने, बारम्बार हाई आउने, आँखादुख्ने, टाउको भारी हुने, भोक नलाग्ने, जीउ दुख्ने, काम गर्न मन नलाग्ने, पेट दुख्ने, कब्जियत हुने लगायतका समस्या उतपन्न हुने गर्दछ ।

उच्च रक्तचाप तथा मुटु रोगको कारण

जब शरीरलाई पर्याप्त मात्रामा निद्रा पुग्दैन, वा शरीरले पर्याप्त आराम पाउँदैन, त्यतिबेलाशरीरमा खराबकोलेस्ट्रोलको मात्रा बढी हुने गर्छ । र, रक्तचाप बढ्ने खतरा उच्च हुने गर्छ । उच्च रक्तचाप भएमा भविष्यमा मुटु सम्बन्धि रोग, हृदयाघात स्ट्रोक , अनियमित धडकन लगायतका जोखिम पनि उच्च हुने गर्छ । फेमिनाबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?