२८ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बुधवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २८ दशमलव ५३ प्रतिशत (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ ।
बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार हुनेछ । कम्पनीको अधिकृत पूंजी रु.८ आठ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको अध्यक्ष गोविन्द लाल संघईले जानकारी दिए ।
सर्वसाधारण समुहको सेयर स्वामित्व बढेर ४० प्रतिशत कायम भएकोले सर्वसाधारण सेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास संघईको छ ।
सभा बाट आ.व.२०७३/०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।
प्रतिक्रिया 4