Comments Add Comment

व्रत-उपवास कसरी गर्ने ? यस्तो छ शास्त्रसम्मत नियम !

हिजोआज व्रत बसेका बेला सामान्य अवस्थाको जस्तो खाना खाइँदैन अर्थात् दाल, भात, तरकारी, अचार खाइन्न । दूधमा पकाएर साबुदाना, सेबइ खाइन्छ, फलफूल खाइनछ, ड्राइ फुट्स खाइन्छ, जुस तथा मिठाईसम्म पनि छोडिँदैन ।

एक प्रकारले व्रत फेसन भइसकेको छ । अन्य समयमा भन्दा बढी क्यालोरी प्राप्त हुने गरी टन्न खाइन्छ, स्वाद फेरिन्छ । व्रत बस्ने नाममा प्रशस्त फलाहार गर्नु, सिँगारिनु तथा आराम गर्नु सामान्य हुन थालेको छ । दालभात, माछामासु बाहेक अरू खाना खानु अथवा अन्नको त्याग गर्नुलाई व्रत मान्न थालिएको छ । जब कि शास्त्रमा व्रतसम्बन्धी नियमहरू बताइएका छन् ।

के छन् त व्रतका शास्त्रीय नियम ?

-क्षमा, सत्य, दया, दान, शौच, इन्द्रिय निग्रह, देवपूजा, अग्निहोत्र, सन्तोष तथा अस्तेयजस्ता १० नियमलाई पालन गर्नु कुनै पनि प्रकारको व्रत बस्दा आवश्यक मानिन्छ ।

-उपवास बसेका बेला बारम्बार पानी पिउँदा, पान खाँदा, दिउँसो सुत्दा तथा सहवास गर्दा व्रत दूषित हुन्छ ।

-व्रत गर्ने व्यक्तिले काँसको भाँडा, मह तथा अर्काको अन्न त्याग गर्नुपर्छ । त्यसैगरी व्रतीले महँगा पहिरन एवं आभूषण, सुगन्धित वस्तु वा अत्तर आदिको प्रयोग गर्नु हुँदैन । स्नान गरेर शरीर सफा एवं शुद्ध राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment