Comments Add Comment

भगवान् विष्णुका गुरु को को हुन्, थाहा छ ?

भगवान् विष्णुले अनेकौं अवतार लिएको कुरा पुराणहरूमा पाइन्छ । तिनै अवतारका क्रममा उनका विभिन्न गुरु पनि भए । ती अवतार कुन कुन हुन् र गुरु को को भए, थाहा पाइराखौँ ।

शिव

शिवजी विष्णुको परशुराम अवतारका गुरु हुन् । परशुराम निकै प्रतिभावान् शिष्य थिए । शिव समय समयमा आफ्नो चेलाको परीक्षा लिइरहन्थे । यसै क्रममा एक पटक शिवले परशुरामलाई एउटा काम अर्‍हाए । उक्त कार्य नीतिविरुद्ध थियो । यस्तो अवस्थामा परशुराम द्विविधामा परे- नमानौँ गुरुको आदेश, मानौँ नीतिविरुद्ध काम । उनी विलखबन्दमा परे । आखिरमा उनले त्यो कार्य आफूले नगर्ने स्पष्ट पारे । शिवले जबर्जस्ती काम गराउन खोज्दा उनी युद्ध गर्न अघि सरे । परशुरामको वाण प्रहार शिले त्रिशूल चलाएर निष्फल तुल्याए । अन्तमा परशुरामले शिवले नै आफूलाई दिएको बन्चरो प्रहार गरे । आप\mनो अस्त्रको मान राखेर शिवले त्यसलाई आफूतिर आउन दिए । बन्चरोले शिवको टाउकामा चोट पुर्‍यायो । यसपछि शिवले परशुरामलाई अंकमाल गर्दै नीतिविरुद्ध नगएकामा प्रशंसा गरे । शिवले परशुरामलाई अन्याय एवं अधर्मविरुद्ध लड्नु नै सबैभन्दा ठूलो धर्म हो भनेर आशीर्वाद प्रदान गरे ।

वशिष्ठ र विश्वामित्र

श्रीराम भगवान् विष्णुका अवतार हुन् । रामले वेदवेदांगको शिक्षा गुरु वशिष्ठसँग प्राप्त गरे । श्रीरामसँगै उनका तीन भाइ भरत, लक्ष्मण एवं शत्रुघ्नले पनि शिक्षा लिएका थिए । यसैगरी ब्रह्मषिर् विश्वामित्रसँग पनि रामले शिक्षा दिए । विश्वामित्रले रामलाई थुप्रै रहस्यमयी विद्यासँग परिचित गराए । उनले राम र लक्ष्मणलाई बला र अतिबला नामक विद्याका साथै सम्पूर्ण अस्त्रशस्त्र तथा आफैंले तयार गरेका दिव्यास्त्रहरू समेत प्रदान गरे । श्रीराम आज्ञाकारी शिष्य थिए ।

सान्दीपनि

विष्णुको अर्को अवतार कृष्ण अवतार हो । कृष्णले आप\mना दाजु बलराम तथा साथी सुदामासँगै गुरु सान्दीपनिसँग शिक्षा ग्रहण गरका थिए । उनको आश्रममा न्याय, राजनीतिशास्त्र, धर्मशास्त्र एवं शस्त्रास्त्रको शिक्षा दिइन्थ्यो । आश्रममा शिष्यले पूर्ण निष्ठाका साथ ब्रह्मचर्य पालन गर्नुपथ्र्यो । शास्त्रमा बताइए अनुसार कृष्ण सान्दीपनि गुरुको आश्रममा ६४ दिनमै सम्पूर्ण शिक्षा ग्रहण गरी सम्पूर्ण शास्त्रको ज्ञान प्राप्त गरे । यस क्रममा उनले १८ दिनमा १ड पुराण, ४ दिनमा चार वेद, ६ दिनमा ६ शास्त्र तथा १६ दिनमा १६ कलाको ज्ञान प्राप्त गरे । यसका साथै कृष्णले २० दिनमै जीवनसँग जोडिएका अन्य महत्वपूर्ण कुरा सिके र गुरुको सेवा गरे । कृष्णले मृत गुरुपुत्रलाई समेत जीवित तुल्याएर ल्याइदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment