३० चैत, हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सहित दुई भारतीय महिलालाई शुक्रबार हेंटौडामा पक्राउ गरेको छ ।
पाँच लाख मूल्य बराबरको साढे ९२ केजी गाँजासहित भारत मोतिहारी मधुर्वा गाउँ मोफस छतौनीकी ३५ वर्षीया सुमित्रदेवी सहनी र २५ की रिन्कीदेवीलाई मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गस्थित मनहरी गाउँपालिका-९ रजैयामा पक्राउ गरेको हो ।
मनहरीबाट हेंटौडातर्फ आउने क्रममा रजैयामा युपी२१एएफ १८५४ नम्बरका भारतीय बलेरो जिप रोकेर प्रहरीले खानतलासी गर्दा जीपको विभिन्न भागमा फल्स बटम बनाएर ४३ पोका गाँजा लुकाएर राखिएको फेला पारेको मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
जीपको फल्सबटममा २ केजीदेखि ३ केजीसम्म प्लाष्ट्रिकमा प्याक गरेर गाँजा लुकाएर राखिएको थियो ।
प्रहरीले शंंंका लागेर उक्त भारतीय गाडी रोकेर खानतलासी गर्न खोज्दा चालक भागेका थिए । फरार भएका ट्रक चालकको खोजी भईरहेको छ । उक्त गाँजा रजैयामा नै लोड गरेको प्रहरीले जनाएको छ
प्रतिक्रिया 4