Comments Add Comment

चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त

चुलाचुली गाउँपालिकाको भवन र बम विष्फोटबाट भ्वाङ परेको छत ।

२ वैशाख, इलाम । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment