Comments Add Comment

पितृ र कालसर्प दोष कसरी शान्त गर्ने ?

औसी पवित्र तिथि हो । यो तिथिमा पितृहरूको पूजा गरिन्छ जसबाट पितृदोष तथा कालसर्पदोष शान्ति हुन्छ भन्ने मान्यता छ । सोमबार औंसी वर्षमा २-३ पटकसम्म पर्न पनि सक्छ र नपर्न पनि, तर आजजस्तो देव नक्षत्र अश्विनीसँगै पवित्र वैशाख महिनामा यस्तो संयोग दुर्लभ मानिन्छ । यसकारण यो औंसी पितृदोष तथा कालसर्प दोष निवारणका लागि अति उत्तम दिन बनेको छ ।

औंसीका दिन के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने विषयमा धेरैलाई थाहा नहुन सक्छ । थाहा नभईकन गर्दा पनि दोष लाग्ने काम हुन्छन् कतिपय । त्यस्तै कपिय त्यस्ता सजिला उपाय पनि हुन्छन् जसबाट दोष निवारण पनि हुन्छ ।

आज के गर्ने ?

सोमबारे औंसीका दिन बिहान उठिसकेपछि नबोलिकन नुहाउने । यस दिन धान, पान, बेसार, सिन्दूर एवं पीपलको बोटको पूजा तथा परिक्रमा गरिन्छ । परिक्रमापछि यीमध्ये कुनै एक चीजको बिउ चढाउनुपर्छ । आफ्नो सामथ्र्यअनुसारको दान श्रद्धापूर्वक कुनै ब्राह्मण वा गरिव व्यक्तिलाई दिनुपर्छ ।

बिहान उठेर नुहाइधुवाइ गरी शिवलिंगमा जल चढाउनुपर्छ । पितृको पूजा गर्नुपर्छ । यसका लागि ब्राह्मण भोजन गराउनु राम्रो हुन्छ । गाई, काग तथा कुकुरलाई खानेकुरा ख्वाउनुपर्छ ।

के नगर्ने ?

-औंसीका दिन मदिरा तथा माछामासु नखाने ।

-सहवास नगर्ने ।

-कसैको जुठो भोजन नगर्ने ।

-ननुहाई नबस्ने ।

-कपाल, दार्‍ही तथा नङ नकाट्ने ।

-दिउँसो भुलेर पनि नसुत्ने ।

-लसुन, प्याजजस्ता तामसी खानेकुरा खाने ।

पितृ र कालसर्प दोष कसरी शान्त गर्ने ?

-सोमबारे औंसीका दिन सूर्योदयभन्दा अघि अर्थात् ब्रह्म मुहूर्तमा पीपलको बोटमा जल तथा दूध चढाउँदा पितृदोष शान्त हुन्छ ।

-सूर्योदयको समयमा पवित्र नदीमा दूध र पानी मिसाएर बगाउँदा पनि पितृदोष शान्त हुन्छ ।

-चाँदीको नागनागिनी बनाउन लगाएर त्यसको पूजा गरी शिवलिंगको छेउमा राखिदिने अथवा कुनै पवित्र नदीमा बगाइदिने हो भने कालसर्प दोष शान्त हुन्छ ।

-सेतो कपडामा चामल, सेता मिठाई, चाँदीको सिक्का र एउटा नरिवल राखेर पोको पारी आफूलाई नै सात पटक घुमाएर नदीमा बगाइदिए कालसर्प दोष शान्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment