+
+
Shares

‘बीवाईडी मेगा एक्स्चेन्ज’ क्याम्पेन घोषणा

२४ देखि २७ वैशाखसम्म आयोजना हुने मेगा एक्स्चेन्जमा ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात् बीवाईडी ईभीमा अपग्रेड हुन सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १७:२५

काठमाडौं । बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी मेगा एक्स्चेन्ज’ क्याम्पेन घोषणा गरेको छ ।

२४ देखि २७ वैशाखसम्म आयोजना हुने मेगा एक्स्चेन्जमा ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात् बीवाईडी ईभीमा अपग्रेड हुन सकिने छ ।

मेगा एक्स्चेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडेलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नेछन् र यसका लागि बेस्ट–इन–इन्डस्ट्री भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्स्चेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र विशेष नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाका रूपमा ४ दिने मेगा एक्स्चेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिनासम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

एक्सचेन्ज क्याम्पेन चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, बिर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, लहान, वीरगञ्ज, पोखरा, ललितपुर, काठमाडौंको पेप्सीकोला, कोटेश्वर, सोल्टीमोड र नक्साल तथा ललितपुरको सातदोबाटोमा रहेका बीवाईडी शोरुममा आयोजना हुनेछ ।

‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्स्चेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ,’ साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?