+
+
Shares

डा.थापाको निधनपछि भरतपुर क्यान्सर अस्पतालमा न्यूरो सर्जरी बन्द

सुवास पण्डित सुवास पण्डित
२०७५ वैशाख ३ गते १७:०४

३, बैंशाख, चितवन । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द भएको छ ।

गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा. थापाको निधन भएको थियो । डा. थापा अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए ।

डा. थापाको निधनपछि न्यूरोको ओपीडी (बहिरंग) सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी डा.बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा. थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।

अस्पतालका जम्मा दुई जना न्यूरो सर्जन थिए । डा. बेन्जु रश्मी प्रधान डा. थापाकै विद्यार्थी हुन् । डा. बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् । तर उनी एक्लैले क्यान्सरका बिरामीहरुको न्यूरो सर्जरी गर्न नसक्ने भएकोले बिरामीहरु भर्ना गरिएको छैन ।

यस्ता बिरामीलाई मेडिकल कलेज र अन्य अस्पतालहरुमा रिफर गरिएको छ । अस्पतालका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. देजकुमार गौत्तमले, डा. थापा जतिको दक्ष चिकित्सक नेपालमा भेट्टाउन मुस्किल हुने बताए ।

क्यान्सर अस्पतालमा ओपीडीको दिनमा २० जनासम्म बिरामी डा. थापाले हेर्दै आएका थिए । हप्तामा ३ जनाको अप्रेशन हुँदै आएको थियो ।

डा. थापाले क्यान्सर अस्पतालमा सामान नभए पनि आफुले काम गर्ने निजी अस्पतालबाट समेत उपकरण ल्याएर बिरामीको अपरेसन क्यान्सर अस्पतलामा नै गर्ने गरेका थिए ।

डा. थापाको निधनपछि अपरेसन गरिएका बिरामीलाई मेडिकल कलेजबाट न्यूरो सर्जन डा. विनोद भट्टराईलाई बोलाएर केही समय फलोअप गराइएको अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले जानकारी दिए ।

उनले भने, ‘अस्पतालमा न्यूरोको सेवा लगभग ठप्प जस्तै छ, एक जना बरिष्ठ न्यूरो सर्जनलाई ल्याउने तयारी थालेका छौं, सायद बैशाख महिना भित्रै आउनुहुन्छ होला ।’

डा. थापाको निधनपछि चितवनको केही निजी अस्पतालमा पनि न्यूरो सर्जरी सेवा बन्द भएको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?