1. ताजा अपडेट
Comments Add Comment
Drj
२०७५ वैशाख ४ गते १२:५८
फेरी एउटै बिषयमा कति गनगन गर्नु, व्यवशाय गर्ने हो भने खुरुक्क कंपनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नु पर्यो जिल्ला प्रशाशनमा एनजीओ को रुपमा दर्ता गराएर त्यसबाट ब्यापार गर्न मिल्दैन | कानूनमा स्पष्ट भएको कुरा पनि जबरजस्ती गरेर केही मिल्नेवाला छैन खाली बेइज्जति मात्र कमाइने हो | यातायात र ट्रान्सपोर्ट दुबै ब्यापार व्यवशाय नै हुन तिन लाइ सम्बिधान बमोजिम खुला बजार अर्थतन्त्रको मर्म अनुसार पूर्ण प्रतिस्पर्धामा चलाउनुस्,जनतालाइ राम्रो सेवा दिनुस संसार भरिनै अहिले यस्तै आर्थिक नीति चलेको छ, नियम अनुसार कर तिर्नुस नाफा अलि कमै भए पनि सन्तुष्ट हुनुस, बढी मुनाफा चाहिए अन्य व्यापार खोज्नुस तपाँइको ठाँउमा अरू आउन तत्पर छन तपाँइहरुकै सिन्डिकेटले बाटो छेकेको थियो अहिले सरकारले खोलेको छ | अर्को कुरा तपाँइहरुले के बुझ्नुस भने जनतापनि जागृत भैसकेको छ अटेरी गरे हामी जनता पनि सडकमा ओर्लिन तयाँर छौँ |

देशभर यातायात ठप्प गर्ने यातायात व्यवसायीको निर्णय

ट्रक र ट्यांकर पनि नचल्ने


३ वैशाख, काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि टि्रपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए । ‘६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँछौं । त्यसपछि हाम्रा गाडीमा विरोधस्वरुप कालो झण्डा राखिनेछ,’ उनले भने, ‘१९ गते देशभरका यातायात कार्यालय घेराउ गर्छौं ।’

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गरिने महासंघले जनाएको छ ।
आन्दोलनका लागि महासंघले समति गठन गरेर तयारी थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment