Comments Add Comment

एक्लोपनः डरलाग्दो समस्या कि फाइदाजनक ?

यस्तो छ गाँठी कुरा

अहिले हामी घण्टौसम्म एक्लै बिताउन सक्छौं । हामीलाई गफ गर्न साथी चाहिँदैन । समय विताउन कुनै काम चाहिँदैन । फेसबुकमा अल्झिएर वा कुनै ग्याजेट्समा गेम खेलेर घण्टौं एक्लै बस्न सक्छौं । भर्चुअल संसारमा हामी यसरी हराउन सक्छौं कि, आफैलाई समेत भुलिदिन्छौं । परिवारजन, साथीभाई सबैसँग बिमुख भइदिन्छौं । तर, यसको साइड इफेक्ट के छ भने, हामी सामाजिक जीवनबाट पनि बिमुख हुँदै जान्छौं । अर्थात एक्लिदै जान्छौं ।

जबकी मानिस एक सामाजिक प्राणी हो । पेट भरेर मात्र हाम्रो जीवन चल्दैन । जीवन चल्नका लागि हामीलाई खुसी, उत्साह, उमंग, दुखसुख सबै कुरा चाहिन्छ । आपसमा मिलजुल गरेर, सर-सहयोग लिएर, दुखसुख बाढेर, चाडपर्व मनाएर हामी सामाजिक जीवन व्यतित गर्छौं । मानविय जीवनमा यी कुराहरु आवश्यक मात्र होइन, अपरिहार्य छ ।

यद्यपी कतिपय मानिस एक्लो बस्न रुचाउँछन् । कसैसँग घुलमिल हुन रुचाउँदैनन् । भोज भत्तेरमा सामेल हुन रुचाउँदैनन् । एकान्तमा नितान्त एक्लो बस्न रुचाउँछन् ।

भनिन्छ, यसरी एक्लिनु आफैमा समस्या हो । डरलाग्दो समस्या । यसले कुनै दीर्घ रोगले जस्तै शरीरलाई हानी गर्छ ।

अर्कोतिर, यसरी एक्लोपनमा रमाउनु फाइदाजक रहेको तर्क पनि गरिन्छ । एक्लोपनले मानिसको रचनात्मक क्षमता बढ्ने बताइन्छ ।

एक्लोपन एक समस्या

यदि सामाजिक जीवनबाट अलग रहेर एक्लै बस्छौं वा एक्लै बस्न रुचाउँछौं, यो एक समस्या हो । दुखको कुरा हो ।

जब कुनै व्यक्ति एक्लो  हुन्छ, त्यो एक हिसाबले सजाय बराबर हो । एक्लोपनले मानिसलाई खुसी होइन, दुख दिन्छ ।

दुखलाग्दो चाहि के भने, अहिले विश्वमै मानिस एक्लोपनको शिकार बन्दैछन् । एक्लोपनबाट मुक्ति पाउनका लागि उनीहरुलाई मनोवैज्ञानिक परामर्श आवश्यक भइसकेको छ । कति त उपचारका लागि धाइरहेका पनि छन् ।

त्यसो भए, के एक्लोपन खतरनाक छ ?

एक्लो रहँदा के हु्न्छ ?

एकातिर एक्लोपन ‘समस्या’को रुपमा देखिदैछ भने, अर्कोतिर यसको पक्षमा वाकलत पनि हुने गरेको छ । अमेरिकी लेखिका एनेली रुफसले त ‘पार्टी अफ वनः द लोनर्स म्यानीफेस्टो’ नामक किताब नै लेखेकी छिन् । किताबमा लेखिएको छ, ‘एक्लो रहनु एकदमै आनन्ददायक छ । तपाई स्वंम आफुमा केन्दि्रत रहन सक्नुहुन्छ । तपाईको सिर्जनसिल क्षमता बढ्छ । मानिससँग बसेर अनावश्यक कुराकानी गर्न, हासीमजाक गर्नबाट बच्नुहुन्छ ।’

यता बिटि्रश रोयल कलेज अफ जनरल प्राक्टिशनर्स भन्छ कि, एक्लोपन मधुमेह जस्तै भयानक बिमारी हो । यसले पनि त्यती नै व्यक्तिको मृत्यु हुन्छ, जति मधुमेहले हुन्छ । एक्लोपनले हाम्रो सोच्ने, सम्झने क्षमता कमजोर हुन्छ । एक्लोपनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर बनाउँछ ।’

एक्लोपनले रचनात्मक क्षमता बढ्ने

अर्कोतिर के पनि तर्क गरिन्छ भने, एक्लोपनले मानिसको रचनात्मक क्षमता बढ्छ ।

साथीहरुसँग दुरी बनाउनु, भोज भत्तेरमा सामेल नहुनु आफैमा फाइदाजनक हुने बताइन्छ । अमेरिकाको सैन जोस युनिभर्सिटीको ग्रेगरी फीस्टले यसबारेमा रिसर्च गरेको थियो । त्यसको नतिजा के देखियो भने, ‘आफु स्वंमसँग समय बिताउनु आफ्नो लागि फाइदाजनक छ । यसले रचनात्मक क्षमता बढाउन एकदमै सहयोग गर्छ ।’

एक्लोपनले आत्माविश्वास समेत बढ्ने उक्त अध्ययनको निष्कर्ष छ ।

जब हामी एक्लो हुन्छौं, तब अनावश्यक झै-झमेला, तनाव, हो-हल्ला आदिबाट मुक्त हुन्छौं । यस्तो अवस्थामा कुनैपनि कुरामा गहिरो चिन्तन गर्न सकिन्छ । बिगतका कुराहरु स्मरण गर्न सकिन्छ ।

किन एक्लो रहन चाहन्छन् ?

अमेरिकाको एक विश्वविद्यालयकी मनोवैज्ञानिक जूली बोकरका अनुसार मानिसहरु तीन कारणले एक्लो रहन वा अरु व्यक्तिसँग घुलमिल हुनबाट बच्न चाहन्छन् ।

कोही लजालु हुन्छन्, त्यही कारण उनीहरु अरुसँग घुलमिल हुँदैनन् ।

कतिपय व्यक्ती रसरंग, हो-हल्लामा जान रुचाउँदैनन् ।

कतिपय चाहि यस्ता पनि हुन्छन्, जो मिलनसार भएर पनि एक्लो रहन रुचाउँछन् ।

धर्ममा एक्लोपनः चिन्तन-मननको सल्लाह

हिन्दु धर्मदेखि बौद्ध धर्मसम्म, एक्लो रहेर तप गर्नु र चिन्तन मनन गर्नु सल्लाह दिइन्छ ।

जब हामी एक्लो हुन्छौं, हाम्रो मस्तिष्क आरमको मुद्रामा आउँछ । अर्थात मस्तिष्कले आरम पाउँछ ।

ग्रेगरी फीस्ट भन्छ, यदि मानिस एक्लो रहन्छन् वा एक्लै समय बिताउँछ भने त्यो फाइदाजनक छ ।

तर, भिडभाड, रसरंग, भोज भत्तेरमा रमाउन बानी परेका मानिसहरु जब एक्लोपनको शिकार हुन्छन्, त्यो दुखको कुरा हो ।

राम्रो त के भने, मन मिल्दो साथी बनाउनुपर्छ । उनीहरुसँग हामी क्वालिटी टाइम बिताउनुपर्छ । बीच-बीचमा थोरै समय रमाइलोमा बिताउनुपर्छ । स्वंममाथि केन्दि्रत रहनुपर्छ । चिन्तन मनन गर्नुपर्छ । यस किसिमको तालमेल बनाउनु नै सबैभन्दा राम्रो हो । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment