Comments Add Comment

अमेरिकामा प्रश्न एक उत्तर अनेक कार्यक्रम प्रारम्भ  

वाशिंगटन डिसी / नेपाली नयाँ वर्ष ०७५ को अवसरमा अमेरिकामा प्रश्न एक उत्तर अनेक कार्यक्रम प्रारम्भ भएको छ । उक्त प्रश्न एक उत्तर अनेक कार्यक्रममा पहिलो प्रस्तुतिमा नेपाल तथा अमेरिकामा रहेका ख्याती प्राप्त कलाकार, खेलाडी तथा अन्यलाई समेट्दै उनीहरुका शुभकामना सन्देश लिइएको छ ।

उक्त प्रस्तुतिमा शुभकामना सहित नयाँ बर्षमा कस्तो संकल्प गरिने योजना गर्नु भएको छ भन्ने प्रश्न सोधिएको छ । उक्त प्रश्नलाई सवैले मिश्रित जवाफ दिएका छन् ।

पहिलो पटक उक्त प्रस्तुतिमा २१ जना कलाकार सहित अन्यलाई समेटिएको छ । उक्त कार्यक्रम का कार्यकारी निर्माता लोचन मान श्रेष्ठ भन्छन ,बिदेशमा रहेता पनि ३० वर्ष देखि आफूले काम गरेको र जानेको कुरालाई निरन्तरता दिदै अमेरिकामा पनि यो कार्यक्रम ल्याइएको ईनेप्लिज लाई बताएका छन् ।

श्रेष्ठ तीन दशक देखि सानो पर्दामा नेपाल टेलिभिजनबाट प्रसारित चर्चित कार्यक्रम हत्तेरिका र होश प्रसाद रहेछु भन्ने साप्ताहिक धारावाहिकमा तथा अन्य नेपाली धाराबाहिक लघु दूरचलचित्र निर्देशन गरेको अनुभव संगालेका छन् ।

प्रश्न एक उत्तर अनेक कार्यक्रम हरेक पन्ध्र (पाक्षिक) रुपमा एउटा शुक्रबार छोडेर अर्को शुक्रबार प्रदर्शन हुने छ । पहिलो पटक २१ जना लाई समेटिएको भएता पनि आगामी प्रस्तुतिमा कम्तिमा पनि १० जना देखि लिएर ५० जना सम्म व्यक्तिहरु पनि हुन् सक्ने छन ।

श्रेष्ठका अनुसार आगामी कार्यक्रम प्रश्न अनुसार समय निर्धारित समेत गरिने श्रेष्ठले बताए । छोटो प्रश्न भए धेरै जना संलग्न हुने छ भने प्रश्नको उत्तर लामो दिनु पर्ने भएमा थोरै व्यक्तिहरुलाई संलग्न गराइने श्रेष्ठ बताउदछन ।

प्रश्न एक उत्तर अनेक कार्यक्रम यु ट्युब च्यानल सिल्भरगेट इन्टरटेन्ट को प्रस्तुति हो । पहिलो कार्यक्रममा संगीतकार न्हयू बज्रचार्य ,गायिका सरिष्मा अमात्य, कलाकार सूर्यमाला खनाल, कलाकार राजाराम पौडेल, गायक संजय श्रेष्ठ, सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मी शरू जोशी श्रेष्ठ, नायक सरोज खनाल, एन्जल ब्याण्डका कलाकार राजु लामा, गायक संजिव प्रधान, नायिका स्वेता खड्का, सामाजिक कार्यकर्ता तथा पूर्व उशु स्वर्ण पदकधारी बिना खड्कालामा, हास्य कलाकार खेम शर्मा, साहित्यकार गोविन्द गिरि प्रेरणा, कलाकार निर्मल शर्मा (गैडा )नेवा समुदाय का पुरोहित बासव राजोपाध्याय, लोक गायक रामप्रसाद खनाल, कलाकार निशा शर्मा, गिनिज वर्ल्ड रेकर्ड्स कृतिमानधारी कराँते खेलाडी उज्ज्वल ठकुरी, नायिका पूजा चन्द, विश्व कीर्तिमानी भारोत्तोलक रुप कार्की तथा वरिष्ट गायक मधु छेत्री आदिले संदेश दिदै केही कुराहरु पस्किएका छन् ।

उक्त कार्यक्रम को कार्यकारी निर्माता श्रेष्ठले छायाँकन बिशेष गरी नयाँ प्रविधि तथा अत्याधुनिक उपकरण प्रयोग गरेका छन । कार्यक्रमको प्रस्तुति संचारकर्मी गोमा संग्रौला प्रसाईले गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment