Comments Add Comment

महाधिवेशनपछि कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्ड कि माधव नेपाल ?

प्रचण्ड र माधव नेपालसँग घनश्याम भुसाल भिड्न पाउँछन् ?

४ वैशाख, काठमाडौं । नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने ? माधव नेपाल कि प्रचण्ड ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य वचन दिएको दाबी माओवादी नेताहरुले गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि आगामी महाधिवेशनमा अध्यक्ष बन्न सघाउने र आफू अध्यक्षमा नलड्ने वचन दिइसकेको माओवादी नेताहरुको दाबी छ ।

उसोभए पार्टी एकतापछिको पहिलो महाधिवेशनपश्चात एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला त ? पार्टीको सर्वोच्च निकायका रुपमा रहने महाधिवेशनले टुंगो लगाउनुपर्ने नेतृत्वको विषय अहिले नै कोठामा बसेर टुंगो लगाउने कि महाधिवशेनकै मैदानमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर टुंग्याउने ?

महाधिवेशनपछिको नेतृत्वबारे हामीले केपी ओली निकटका एमाले नेता एवं सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई सोध्यौं- ‘एकता महाधिवेशनमा अध्यक्षका लागि मतदानमा जाँदा के हुन्छ ? अहिले नै विवाद गरिराख्नुभन्दा महाधिवेशनमा प्रचण्ड, माधव नेपाल र घनश्याम भुसाललगायतले खुल्ला चुनावी प्रतिस्पर्धामा उत्रिए हुँदैन ?’

अनलाइनखबरको प्रश्नको जवाफमा राज्यमन्त्री बास्कोटाले भने- ‘पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चुन्नु व्यवहारिकरुपमा उपयुक्त हुन्छ, त्यसपछि चाहिँ खुल्ला प्रतिस्पर्धामा जानैपर्छ ।’

पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ

बास्कोटाको जवाफले के संकेत गर्छ भने एमाले र माओवादीवीच पार्टी एकता हुनासाथ ओली र प्रचण्ड दुबैजना अध्यक्ष हुनेछन् । र, त्यसपछि हुने महाधिवेशनले सहमतिकै आधारमा एक जनालाई पार्टी अध्यक्ष बनाउनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि चुनाव हुनेछैन ।

उता, माओवादी नेताहरु अहिले दुईजना अध्यक्ष हुनुपर्ने र आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने सुनिश्चितता अहिले नै खोजिरहेका छन् ।

एमाले नेता माधवकुमार नेपाल भने आगामी महाधिवेशनबाट एकीकृत पार्टीको अध्यक्ष आफैं हाँक्न चाहन्छन् । उनी आगामी महाधिवेशनमा प्रचण्डलाई छिर्के हान्ने दाउमा देखिन्छन् ।

तर, वर्तमान अध्यक्ष केपी ओली भने एउटै कक्षामा दोहोर्‍याएर पढ्दिनँ भन्दै आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने, बरु ५ वर्ष प्रधानमन्त्री चलाउने सोचाइमा देखिन्छन् ।

यद्यपि माओवादी अध्यक्ष प्रचण्ड आगामी अढाइ वर्षमा सरकारको काँध फेर्ने र प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा छन् ।

यो स्थितिमा पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ ।

पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा अध्यक्ष चुन्ने दुई पार्टीवीच सहमति भएकै विषय हो । आधिकारिक लाइन नै यही हो- माओवादी नेता अग्नि सापकोटा

अध्यक्ष सहमतिमै चुन्नुपर्छः अग्नि सापकोटा

यसैवीच प्रचण्डनिकट माओवादी नेता अग्नि सापकोटालाई हामीले सोध्यौं- ‘ पार्टी एकता भयो भने आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि प्रचण्ड, माधव नेपाल र घनश्याम भुसालवीच त्रिपक्षीय चुनावी भिडन्त हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? एमाले नेताबाट त पहिलो महाधिवेशनमा सहमतिबाटै अध्यक्ष चुन्नु उपयुक्त हुन्छ भन्ने जवाफ पाइयो नि ?’

माओवादी नेता सापकोटाले जवाफ दिए- ‘ती एमाले मित्रलाई धन्यवाद, जसले आधिकारिक लाइन बोले । पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा अध्यक्ष चुन्ने दुई पार्टीवीच सहमति भएकै विषय हो । आधिकारिक लाइन नै यही हो ।’

यो पनि पढ्नुस् 

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

माओवादीलाई मन्त्री बास्कोटाको जवाफ- मोदीसँगै भेट भइसक्यो, थाइल्याण्ड भ्रमण पुरानो भो

माओवादीको निश्कर्षः ओलीको राष्ट्रवाद घोप्टियो, माधव नेपाल पिँध नभएका लोटा !  

सहमतिको बटमलाइनः ‘जनयुद्ध’ स्वीकारौं, एकता नटारौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment