Comments Add Comment

पेट्रोलियम व्यवसायी पनि सिण्डिकेटको समर्थनमा !

४ वैशाख, काठमाडौं । आन्दोलनको घोषणा गरेका सिण्डिकेटधारी यातायात व्यवसायीहरुले देशभर आपूर्ति व्यवस्था प्रभावित गर्ने र निजी सवारी पनि चल्न नदिने दाबी गरेका छन् ।

यसका लागि पेट्रोलियम डिलर्स एसोसिएसनको साथ लिएर देशभर पेट्रोलियम पदार्थको वितरणमा अवरोध गर्ने बताएका छन् ।

यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरिसकेका छन् । यो आन्दोलनमा पेट्रोलियम डिलर्स एसोसिएसन पनि आउने भएको छ ।

एसोसिएसनका महासहिचव विश्व अर्यालले यातायात व्यवसायीले घोषणा गर्ने आन्दोलनमा पेट्रोलियम डिलर्स एसोसिएसनको पनि नैतिक समर्थन रहेको बताए ।

‘सरकारले व्यवसायीको संघसंस्था नवीकरण नगर्ने नीति लिएको भन्दै उनले भने, हामी पनि आन्दोलनमा जान्छौं । ढुवानी रोकिएपछि पेट्रोल पम्पहरु पनि बन्द भइहाल्छन् ।’

पेट्रोल वितरण रोकिए देशरभर निजी सवारी चल्न नसक्ने भएकाले एसोसिएसनको साथ खोजिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक सदस्यले बताए ।

‘जसरी पनि सरकारले ल्याएको नयाँ यातायात कार्यविधि निर्देशिका खारेज गराउँछौं । त्यसका लागि आवश्यक पर्दा अन्य व्यवसायीका संघ/संगठनको पनि समर्थन जुटाउँछौं,’ उनले भने, ‘निजी सवारी पनि रोक्न पम्पहरु बन्द गर्ने रणनीति तय गरेका हौं ।’

पेट्रोलियम ढुवानी र बिक्री वितरण रोकएपछि चौतर्फी रुपमा सरकारलाई दबाव पर्ने आँकलन यातायात व्यवसायीको छ । ‘नाकाकन्दीमा हामीले लगाएको गुन सरकारले भुलेको छ । गणतन्त्र ल्याउन हामीले दिएको योगदान पनि भुलेर सरकार पञ्चायतकालीन शैलीमा प्रस्तुत भएको छ’ महासंघका एक सदस्यले भने, ‘हामी नाकान्दीको भन्दा भयावह अवस्था सिर्जना गर्न सक्छौं भन्ने देखाउँछौं ।’

सिण्डिकेटधारी यायाताय व्यवसायीको आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको पनि संलग्नता छ ।

पेट्रोलियम व्यवसायीबीच विवाद

पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वले सिण्डिकेटको पक्षमा साथ दिए पनि व्यवसायीहरुमा विवाद छ ।

बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले यातायात व्यवसायीको आन्दोलनको कुनै पनि हालतमा समर्थन नगर्ने बताए ।

‘पेट्रोलियम पदार्थ दशेको मुटु हो, हामीले हड्ताल गर्दनौं’ उनले भने, ‘पेट्रोल पम्पहरुको स्वामित्वका रहेका ७० वटा ट्यांकर हामीसँग छ । हामी सरकारलाई सघाउँछौं ।’

उनले आफुहरुको सेवमा सिन्डिकेट नरेको भन्दै यातायातको विकृतिविरुद्ध सरकारले चालेको कदममा आफूहरुको समर्थन वा बिरोध केही नरहने स्पष्ट गरे । ‘हामीलाई यातायात व्यवसायीसँग लिनुदिनु छैन । हामीले गर्ने आन्दोलनमा पनि उनीहरुले सहयोग गरेका छैनन्, हामीले मागेका पनि छैनौं’ खड्काले भने, ‘हामी तेल वितरण गरिराख्छौं । हाम्रा गाडीले तेल बोकिराख्छन् ।’

तर, एसोसिएसनका महासचिव अर्याल भने केन्द्रीय संघले गरेको निर्याण आफू मातहतका संघहरुले मान्नैपर्ने जिकिर गर्छन् । उनले सरकारले व्यवसायीका संघसंस्थाको नवीकरण नगरेकाले आफूहरु पनि आन्दोलनमा जान बाध्य भएको दोहोर्‍याए ।

अर्याल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पनि महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment