+
+
Shares

देउवालाई ओलीको प्रश्न : पत्रकारको यत्रो अपमान गर्ने आँट कसरी आयो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १८:०४


९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि नेपाली पत्रकारहरुको अपमान गरेको आरोप लगाएका छन् ।

देउवाले ‘अधिनायकवाद आइसक्यो, पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके’ भनेको सुनेको भन्दै ओलीले भने, ‘पत्याउनुहुन्छ ? प्रधानमन्त्रीविरुद्ध लेख्न डराउँछन् रे !’

अघि भने, ‘भन्न कसरी सकेको ? नेपालका पत्रकारहरुको यत्रो अपमान गर्ने आँट कसरी आयो ?’

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरुले तानाशाही भएको बताए ।

२००७ सालपछि चार वर्षसम्म कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको र ०१२ सालमा टंकप्रसाद आचार्यले हटाएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?