Comments Add Comment

महंगिदै डलर, एक रुपैयाँ बराबर एक सय ६


१० वैशाख, काठमाडौं । विश्व बजारमा डलरको मूल्य बढ्न थालेपछि नेपालीहरुले महंगोमा डलर किन्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थाको लागि डलर किनबेच गर्न दिने सन्दर्भ मूल्य अनुसार एक डलरको लागि नेपालीले एक सय ६ रुपैयाँ ६७ पैसा हाल्नु पर्ने भएको हो । बैंक तथा वित्तीय संस्थामा डलर किक्री गर्दा भने एक सय ६ रुपैयाँ सात पैसा पाइनेछ ।

सोमवार नै बैंकहरुले प्रतिडलरको एक सय ६ रुपैयाँ २० पैसामा कारोबार गरिरहेका थिए । तीन महिनाको अवधिमा डलर चार रुपैयाँ बढिले महंगो भएको हो ।

अन्तराष्ट्रिय बजारमा सोमवार डलरको भाउ सात हप्ता यताकै महंगो भएको छ । अमेरिकी सरकारले जारी गर्ने १० वर्षे ऋणपत्रको व्याजदर तीन प्रतिशतले वृद्धि गरेपछि डलरको भाउमा पनि प्रभाव परेको हो ।

 


अमेरिकी सरकारले ऋणपत्र जारी गर्ने कुराले उसको चीन प्रतिको नीति केही लचिलो हुन सक्ने अपेक्षा गरिएको छ । उत्तर कोरियाले न्युक्लियर मिसाइल प्ररिक्षण रोक्ने वाचा गरेकोले पनि डलरको मूल्यमा सुधार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

लगातार छठौं दिन पनि भारतीय मुद्रा डलरको तुलनामा कमजोर भएपछि यसको प्रभाव नेपाली मुद्रामा पनि परेको हो । नेपाली मुद्राको विनिमय दर स्वतन्त्र नभई भारुसँगको डलरको विनिमयको आधारमा तय हुँदै आएको छ । यसलाई पेग्ड विनिमय दर भनिन्छ ।

प्रतिडलरको लागि भारतीयहरुले ६६.४३ भारु तिरिरहेका छन् । कच्चा तेलको मूल्यमा भइरहेको मूल्य वृद्धिले भारतको व्यापार घाटा बढेको, विश्व परिवेशमा घटेका घटनाको प्रभाव लगायतले भारु कमजोर बनेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । केही समयदेखि आयातकर्ताहरुबाट भइरहेको डलरको मागले पनि भारु सस्तिएको हो ।

पाउन्ड स्टर्लिङको भाउ पनि डलरको तुलनामा घटिरहेको छ । विनिमय दर पाँच हप्ताकै उच्च भएको छ । डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने गर्छ । विशेष गरि रेमिट्यान्सको रुपमा डलर भित्र्ने भएकोले विनिमय दरको कारण धेरै रेमिट्यान्स भित्रिएको देखिने गर्छ ।

अर्को तर्फ बढि मूल्य पाउनेभएपछि विदेशमा रहेकाले पनि यस्तो समयमा पैसा पठाउने प्रवृत्ति बढ्ने गर्छ । तर, व्यापार घाटा बढ्ने, महंगी बढ्ने जस्ता नकारात्मक प्रभाव पनि रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment