Comments Add Comment

हेटौंडामा राष्ट्रिय सेभेन ए साइड फुटबल हुने

१० वैशाख, हेटौंडा । पहिलो पटक मदन भण्डारी स्र्पोट्स एकेडेमीले हेटौंडामा राष्ट्रिय भेट्रान सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीले वैशाख १३ गतेबाट १५ गतेसम्म प्रतियोगिता गर्ने जानकारी दिएको छ ।

प्रतियोगितामा देश भरका १२ वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा बिजयीले प्रथम पुरस्कार ५० हजार र उपविजेताले २५ हजार रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक एकेडेमी मकवानपुरका अध्यक्ष निरसिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपियाँ राशीको विजय युथ क्लब ँम्यान अफ द सिरिज’ दिइने छ ।

प्रतियोगितामा हरेक दिन उत्कृष्ठ खेलाडिलाई नगद ३ हजार रुपियाँ राशीको वर्ड लिंक म्यान अफ द म्याच समेत प्रदान गरिने भएको छ ।

४० वर्ष माथिका खेलाडी सहभागी रहने प्रतियोगिता हेटौँडाको हुप्र चौरमा सञ्चालन हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा आउने टिमलाई आवासिय सुविधासमेत प्रदान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हेटौँडाको ऋद्धिसिद्धी सिमेन्ट रहने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई प्राबिधिक सहयोग जिल्ला खेलकुद विकास समिति मकवानपुर, मकवानपुर जिल्ला फुटबल संघ, मध्य पृतना हेड क्वाटर हेटौंडा,शसस्त्र प्रहरी गणले गर्नेछन् ।

प्रतियोगिताको मुल आयोजक समिति संयोजक निरजसिंह ठकुरीले प्रतियोगितामा हौसला प्रदान गर्नको लागि राष्ट्रिय खेलाडीहरु उपेन्द्रमान सिंह, नरेश जोशी, हरि खड्कासहितका ख्यातिप्राप्त खेलाडी हेटौंडा आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment