+
+
Shares

सलिन र मल्लिकाको ‘यात्रा’ घोषणा, कस्तो बन्नेछ फिल्म ?

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १० गते १९:३९


पुराना निर्माता केशव भट्टराइले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा, अ म्यूजिकल भ्लग’को आज घोषणा गरिएको छ । यो चलचित्रको छायांकन वैशाख २५ गतेबाट सुरु हुनेछ । चलचित्रको घोषणासँगै असोज ५ गतेलाई प्रदर्शन मिति पनि तोकिएको छ । यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोटकी कालिका देवी प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रमा पछिल्लो समयका चर्चित नायक सलिनमान बनियाँ मुख्य भूमिकामा रहनेछन् । उनको साथमा, चलचित्रमा सलोन बस्नेत, जाहन्वी बस्नेत, प्रेक्षा बज्रचार्य, रेयर राई, मल्लिका महत्त, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, जयनन्द लामा, समृद्धि राई, जुन झाङ, बोबी, अंकति संग्रौला लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

कार्यक्रममा बोल्दै नायक सलिनमान बनियाँले भने–‘मलाई यो चलचित्रको कथावस्तु अत्यन्तै मनप¥यो, यसैले काम गर्न तयार भएँ । ‘ए मेरो हजुर २’मा भन्दा पनि अझै राम्रो काम गर्नेछु ।’यस्तै, नव–नायिका मल्लिका महत्तले एउटा राम्रो टिमबाट चलचित्र क्षेत्रमा प्रवेश गर्न पाउँदा खुशी लागेको बताइन् ।

यो चलचित्रले यात्राको कथा भन्नेछ । चलचित्रमा केशव भट्टराई, मुक्ति तिमिल्सिना, मधु क्षेत्री, धर्मराज अधिकारीको लगानी रहेनछ । सम्राटकै कथा रहेको चलचित्रमा संजय लामाको छायांकन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविड बज्रको संगीत रहनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?