+
+
Shares

कोलकातामा १२ अाैं प्रतिभा प्रदर्शन प्रतियोगिता

रासस रासस
२०७५ वैशाख ११ गते १२:००

११ वैशाख, काठमाडौँ । दिलीप थापा डान्स सेण्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् ।

सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गरेका हुन् । प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया (गुजराती), हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए ।

शिक्षार्थीका नेपाली आमाहरुसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए । सो अवसरमा सेण्टरले आठ जना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो ।

कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गरेका थिए ।

भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरुप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कं लिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?