+
+
Shares

प्रदेश २ को सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ११ गते १४:३१

११ वैशाख, जनकपुरधाम । प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् ।

मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान,  स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम,  माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

उनले कृषि, सिचाइ, पर्यटनका साथै  रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनर्स्थापना कोष स्थापना गर्ने,  उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने,  महिला हिंसा,  बलात्कार,  दाइजोप्रथा रोक्न,  बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।

हेर्नस् बजेटको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?