Comments Add Comment

मुख्यमन्त्रीको तलब सांसदको भन्दा झण्डै ६ हजार बढी

११ वैशाख, जनकपुरधाम। प्रदेश २ को प्रदेशसभा सचिवालयमा जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक दर्ता भएको छ ।

विधेयकमा  स्थानीय तहका जनप्रतिनिधि र सदस्यहरुले पाउने सेवा सुबिधा समेत  छुट्टाइएको विधेक प्रदेश ससद सचिवालयमा दर्ता भएको हो ।

विधेयकमा मुख्यमन्त्रीको तलव ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ भने आवास सुविधाका साथै अतिथि सत्कार खर्च तीन हजार, सवारी र प्रति महिना तीन सय लिटर इन्धनको व्यवस्था गरिएको छ ।

यस्तै मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार रुपैयाँ तलब तोकिएको भने मन्त्रीहरुलाई आवास सुविधाका लागि प्रतिमहिना १५ हजार भाडा दिइनेछ । मन्त्रीहरुलाई प्रति महिनामा २ सय २५ लिटर इन्धन उपलब्ध गराउने छ ।

यस्तै मुख्यमन्त्रीलाई तीन महिनामा १० लिटर मोबिल र अन्य मन्त्रीलाई ५ लिटर मोबिल, दैनिक भ्रमणभत्ता मुख्यमन्त्रीलाई तीन हजार र अन्य मन्त्रीलाई दुई हजार दिइनेछ व्यवस्था विधयेकमा गरिएको छ ।

आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमण भत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको समान छ । विधेयकमा मुख्यमन्त्री तथा मन्त्रीहरुले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकावापत प्रतिमहिना तीन हजार, फर्निचर सुविधावापत एकमुष्ठ ५० हजार, सवारीसाधन उपलब्ध गराउने, बिजुली, धाराबापत प्रतिमहिना दुई हजारको व्यवस्था गरिएको छ ।

विधेयकमा सभामुखको पारिश्रमिक प्रतिमहिना ५८ हजार तोकिएको छ भने उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५६ हजार ४ सय ९० रुपैयाँ व्यवस्था छ ।

यस्तै प्रदेश सांसदको मासिक तलब ५५ हजार तोकिएको छ । सभामुखदेखि प्रदेशसभा सदस्यसम्मलाई बैठक भत्ता एक हजार, सञ्चार सुविधा तथा पत्रपत्रिकाका लागि प्रतिमहिना तीन हजार उपलब्ध गराउने उल्लेख छ । यस्तै, सभामुखलाई आवास सुविधा उपलब्ध गराउने तथा विपक्षी दलका नेतादेखि सदस्यसम्मलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था विधेयकमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment