चलचित्र ‘रानीमहल’ मा हिरोइन बन्ने भएपछि पूर्व मिस नेपाल निकिता चण्डक नेपाली चलचित्रकर्मी र पत्रकारसँग घुलमिल हुन थालेकी छिन् । उनी मंगलबार बेलुकी चलचित्र ‘लिलिबिली’ हेर्न पुगिन् । चलचित्र हेर्नका लागि उनलाई नायक प्रदिप खड्काले निमन्त्रणा गरेका थिए ।
त्यस अवसरमार निकिताले आफू प्रदिपको फ्यान भएको समेत बताइन् । प्रदिपसँग चलचित्र खेल्न मन लागे पनि अहिले नै त्यस बिषयमा कुरा नभएको उनको भनाई थियो । निकिताले आफूलाई पहिलेदेखि नै चलचित्र क्षेत्रप्रति रुची रहेको बताइन् ।
रानीमहलमा उनले १० लाख पारिश्रमिक लिएको चर्चा समेत भैरहेको छ । निकिताले यसको खन्डन गरेकी छिन् । उनले भनिन्-‘मैले १० लाख पारिश्रमिक लिएकी छैनँ । यो सुन्दा मलाई पनि अचम्म लाग्यो । मेरो बुबाले समाचारको लिंक पठाएपछि मैले थाहा पाएँ ।’
तस्बिरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4