Comments Add Comment

प्रदेश प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा, छिटै संसदमा लैजाने तयारी

१२ वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले  प्रदेश प्रहरीको गठनका लागि प्रहरी एेन प्रदेश सभा बैठकमा लाने तयारी गरेको छ । प्रहरी एेेन तयारी  प्रदेश सरकारले ल्याउन लागेको प्रदेश प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

एक महिनाअघि नै प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा रहेको मस्यौदा निर्माण समितिले ड्राफ्ट तयार गरेको मस्यौदालाई अन्तिम रुप दिन विज्ञहरुसँग छलफल गरेका छन् ।

सोमबार अबेर राति आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको छलफलमा नेपाल प्रहरीका पूर्व एआइजी सुरेन्द्र बहादुर शाह, नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा, पूर्व राजदूत विजय कान्त कर्ण, धनुषाका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा अधिकारी सहभागी रहेका थिए ।

प्रदेशको शान्ति सुरक्षा तथा जनतालाई संघीयताको अनुभूति गराउन समेत प्रदेश प्रहरी आवश्यक रहेको भन्दै प्रदेश सरकारले यथाशीघ्र प्रदेश प्रहरी ऐन ल्याउन लागेको जनाएको छ ।

छलफलको क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनको बेला मधेशी जनताले देखेको सपना आफनै प्रहरी आफनै प्रशासनलाई साकार गर्न प्रदेश सरकारले प्रहरी ऐन ल्याउन लागेको बताए । उनले भने,‘ नेपालको संविधान र संघीय कानूनसँग नबाझिने गरी हामी प्रहरी ऐन ल्याउछौ र प्रदेश प्रहरीको स्थापना गर्छौ ।’

मस्यौदालाई अझ उत्कृष्ट बनाउन विज्ञहरुले दिएको सुझावलाई समेटेर केही दिन भित्रै प्रहरी ऐन ल्याउने आफुहरुको तैयारी रहेको समेत उनले बताए ।

संघीय सरकार प्रदेशको कानून निर्माणमा खासै उत्सुकता नदेखाएको बताउँदै उनले आफूहरु केन्द्रसँग टकराव गर्न नभइ प्रदेशका जनताको अकांक्षा र अपेक्षालाई पूरा गर्न प्रहरी ऐनलाई प्राथमिकतामा राखेको बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा भै रहेको अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न प्रदेश सरकार संग आफनै संयन्त्र हुनु पर्ने आवश्यकता महशुस भएकोले प्रहरी ऐनलाई आफूहरु अन्तिम रुप दिन लागेको बताए ।

विज्ञहरुको सुझावले हामी उत्कृष्ट ऐन बनाउन सहयोग पुग्ने भएकोले निरन्तर सहयोग गर्न आग्रह गर्दै उनले अन्य प्रदेशहरुको लागि समेत यो ऐनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment