Comments Add Comment

बाहिर डोजर चलिरहृयो, संसदमा माननीयले भने – घर नभत्काऊ


१२ वैशाख, बुटवल । सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काउन बुटवलमा डोजर चलिरहेका बेला बुधबार प्रदेशसभा ५ को बैठकसमेत प्रभावित भयो ।

प्रदेशसभामा बोल्ने सांसदहरुले तत्काल डोजर नचलाउन संसदमै माग गरेका छन् ।

प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको सडक किनारका घर भत्काउन डोजर चलाउदा स्थानीय आकंकित भएको बताए ।

उनले तत्काल डोजर रोक्न माग गरे । श्रेष्ठले नारायणघाटमा मुख्य सडकको वैकल्पिक व्यवस्था गरिए जस्तै बुटवलमा पनि त्यस्तो व्यवस्था गर्न आग्रह गरे ।

बुटवलका स्थानीयसमेत रहेका सांसद श्रेष्ठले बुटवलको सडक किनारको घर भत्काउदा बजार क्षेत्र नै कुरुप बन्ने दाबी गरे ।

श्रेष्ठले सांसदमा चर्काे भाषण गरिरहदा सडक विस्तारको जिम्मेवारी पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले डोजर लगाएर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मका घर भत्काइरहेको थियो ।

बुटवलमा सडक किनारका ८२ फुटका बनेका ३ सय ११ घरहरु डोजर लगाएर भत्काइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment