Comments Add Comment

प्रदेश ३ को प्राथमिकता सडक, सुरुङ र रेलमार्ग : मुख्यमन्त्री पौडेल

१४ वैशाख, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडक, सुरुङ र रेलमार्ग सरकारको प्राथमिकता भएको बताएका छन् ।

प्रदेशसभाको १९ औं बैठकलाई शुक्रबार संबोधन गर्दै उनले कनेक्टिभिटी अहिलेको संसारमा महत्वपूर्ण विषय भएको बताउँदै प्रदेशका १३ जिल्लालाई सहज ढंगले जोड्नका लागि सडक, सुरुङ र रेलमार्गलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

यसका लागि केन्द्रीय सरकार र विदेशी लगानीकर्ताहरुसँग समन्वय गर्ने भन्दै उनले प्रदेशलाई समृद्ध बनाउन प्रदेशको प्रकृतिक स्रोतको व्यवस्थित प्रयोग आवश्यक भएको धारणा राखे ।

प्रदेशका सबै १३ जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै मुख्यमन्त्री पौडेलले लगानी सुरक्षाको ग्यारेन्टी गरेर पर्यटनमा लगानी भित्र्याउने बताए । उनले भने ‘हामी यहाँ लगानी गर्न आउनेलाई लगानीको सुरक्षित वातावरण प्रदान गर्छौं ।’

उपलब्ध जलस्रोतका कारण प्रदेश ३ बिद्युत उत्पादनका हिसाबले अग्रणी प्रदेश बन्न सक्ने भन्दै मुख्यमन्त्री पौडेलले बुढीगण्डकी, त्रिशुली, सुनकोशी, तामाकोशीजस्ता ठूला नदी र कुलेखानी जलाशयबाट विद्युत उत्पादनलाई प्राथमिकतामा राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment