१४ वैशाख, काठमाडौं । आधा शताब्दी पहिले उत्तर कोरिया र दक्षिण कोरिया एउटै देश थिए । उत्तर कोरियामा क्रान्तिद्वारा कम्युनिष्ट शासन स्थापना भएसँगै उत्तर र दक्षिण कोरिया विभाजित बने । उनीहरुवीच युद्ध भयो, एक देशका नागरिक अर्को देशमा जान प्रतिबन्ध लाग्यो ।
देश टुक्रिँदा कस्तो पीडा हुन्छ भन्ने भोगेका कोरियाले जनताले करिब एकपुस्ता पछाडि शुक्रबार एउटा यस्तो दृश्य देखे, जुन अनौठो एवं अप्रत्याशितजस्तै थियो ।
तर, यो क्षणका लागि सिंगो विश्वले प्रतिक्षा गरिरहेको थियो ।
देश टुक्रिँदा आफना नातेदारले समेत सीमापारि पुगेर भेट गर्न पाएनन् । उनीहरुले रोएर बाँच्नुपर्यो । तर, टुक्रिएको देश जोडिने सम्भावना तत्काल नदेखिए पनि फुटेको देशका नेताहरुले आपसमा हात मिलाएर सीमा वारिपारि दुईचार कदम राख्दाखेरि नै कोरियाली प्रायद्वीपमा खुशीको सीमा रहेन ।
फुटेका देशहरु जोडिएको उदाहरण पनि संसारमा नभएको होइन । जस्तो- बर्लिनको पर्खाल भत्काएर पूर्वी जर्मनी र पश्चिमी जर्मनी आपसमा मिलिसकेका छन् । अब कोरियाली प्रायद्वीपको क्षितिजमा पनि त्यस्तो दिनको कल्पना गर्न थालिएको छ, शुक्रबारको ऐतिहासिक घटनापछि ।
ऐतिहासिक क्षण
[sam_list] शुक्रबार उत्तर कोरियाका नेता किम जोङ उनले हिँडेरै कोरियाली प्रायद्वीपलाई विभाजन गर्ने रेखामा पाइला राखे, जहाँ दक्षिण कोरियाका राष्ट्रपति मुन जे-ईन उनकै प्रतिक्षा गरिरहेका थिए ।
दुबै कोरियाका नेताहरुले हात मिलाए । र, केही बोले । उनीहरुले केही अग्लो बनाइएको सैन्य ‘डिमार्केसन लाइन’मा पाइला राखे, त्यसपछि दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाका नेता किमले पहिलो पाइला टेके । उनले फेरि मुनसँग हात मिलाए र दुबैजना उत्तर कोरियाको भूमितिर आए ।
सीमाक्षेत्रमा भएको यो अकल्पनीयजस्तै लाग्ने ऐतिहासिक भेटका क्रममा दुई नेताबीच के-के कुराकानी भयो होला ? कोरियामा मात्रै होइन, सांसारभरि चासो देखिएको छ ।
दक्षिण कोरियाले दिएको विवरणउल्लेख गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार उनीहरुवीच यस्तो कुराकानी भएको थियोः
किमः तपाईलाई भेट्न पाउँदा खुसी लाग्यो । एकदमै खुसी छु ।
मुनः यहाँ आउन केही कठिनाइ भयो ?
किमः छैन ।
मुनः तपाईलाई भेट्दा खुसी लाग्यो ।
किमः वास्तवमा यो ऐतिहासिक क्षेत्रमा भेट हुँदा निकै उत्साहित छु । र, पुनमुनजोमको सैन्य ‘डिमार्केसन लाइन’मा तपाईलाई पाउँदा निकै उत्साहित छु ।
मुनः यो तपाईको साहसी र निडर निर्णय थियो, जसले हामीलाई यहाँसम्म आउन अनुमति दियो ।
किमः होइन, त्यस्तो केही होइन ।
मुनः हामीले ऐतिहासिक क्षण बनाएका छौं ।
किमः तपाईलाई भेट्दा खुसी लाग्यो ।
मुनः के तपाई यतातिर उभिनुहुन्छ । तपाई दक्षिणतिर आउनुभयो । हामीलाई उत्तर कहिले आउन दिनुहुन्छ ?
किमः शायद, उत्तर कोरियाली भूमिमा प्रवेश गर्न तपाईलाई यो सही समय हो ।
प्रतिक्रिया 4