+
+
Shares

असिनाले लाखौंँको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १५ गते १२:१०

१५ वैशाख,  त्रिशूली, नुवाकोट  । हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।

शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।

डा गैरेका अनुसार तरकारी बालीमा घिरौँला, गोलभेडा, काँक्रो, करेलालगायत र फलफूलमा समेत क्षति पुगेको छ ।  “क्षतिको विवरण संकलन गर्न कर्मचारीहरु खटिएका छन् । वडा कार्यालय, गाउँपालिकाको कार्यालय नै क्षतिको विवरण संकलन गर्न लागेका छन्”, डा गैरेले भने “केही दिनमा क्षतिको विवरण आउने छ ।”

खेतमा लगाइएको मकै भर्खर चमरा निस्कने बेला र गोलभेंडा, करेला, काँक्रोलगायत तरकारी भर्खर टिप्ने बेलामा परेको असिनाले किसान मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?