हाम्रो परम्परा के छ भने, बिबाहको लागि केटी खोज्ने । जब कोही पुरुष बिबाहका लागि योग्य हुन्छन्, तब उनको लागि दुलहीको खोजी हुन्छ । र, यसमा पुरुषले नै आफ्नो आवश्यक्ता र इच्छा अनुसार दुलहीको मापदण्ड तयार गर्ने गर्छन् । यति पढेकी, यस्तो स्वभाव भएकी, यस्तो जातकी, यस्ता घरानकी भनेर पुरुषहरुले भावी दुलहीका निम्ति मापदण्ड बनाउँछन् । जबकी महिलाले आफु अनुकुल योग्य पति खोज्ने चलन उति छैन ।
यद्यपी हरेक महिलाको इच्छा हुन्छ, आफ्नो श्रीमान् यस्तो भइदियोस् ।
कस्तो श्रीमान् चाहन्छन् त महिलाहरु ? आफ्नो श्रीमान्मा के कस्ता गुण देख्न चाहन्छन् ?
स्मार्ट र गुड लुकिङ
हरेकले आफ्नो श्रीमान् देख्दा आकर्षक र स्मार्ट होस् भन्ने चाहन्छन् । सुरुवाती अवस्थामा अक्सर युवतीहरु गुणमा कम र रुपमा बढी आकषिर्त हुने गर्छन् । त्यसैले उनीहरुको पहिलो रोजाइमा स्मार्ट एवं गुड लुकिङ पुरुष पर्ने गर्छन् ।
केयरिङ
बिबाह गरेपछि श्रीमान्ले आफुसँग कस्तो व्यवहार गर्छ ? कति माया गर्छ ? कति ख्याल राख्छ ? यस कुरामा पनि महिलाहरुले निकै सोचविचार गर्छन् । हुनेवाला श्रीमान् आकर्षक त हुनुपर्छ नै, साथसाथै केयरिङ पनि । हरेक महिला केयरिङ नेचरका पुरुषलाई अत्याधिक महत्व दिने गर्छन् ।
आर्थिक सुरक्षा
महिलाहरुले श्रीमान्को छनौट गर्दा आर्थिक पक्षलाई निकै महत्व दिने गर्छन् । बिबाहपछि आर्थिक रुपले कुनै असुरक्षा झेल्न नपरोस् भनेर उनीहरु सर्तक एवं सचेत रहन्छन् । त्यसैले हुनेवाला श्रीमान्को कमाई, पारिवारिक पृष्टभूमी, रोजगारी आदिको बारेमा उनीहरुले चासो राख्छन् । राम्रो जागिर भएको वा राम्रो कमाई गर्ने पुरुष उनीहरुको रोजाइमा पर्न सक्छ ।
हंसमुख एवं ख्यालठट्टा गर्ने
अक्सर महिलाले आफ्नो श्रीमान् गंभिर, भावुक भएको रुचाउँदैनन् । हुनेवाला श्रीमान् रोमान्टिक होस् भन्ने अपेक्षा राख्छन् । ख्यालठट्टा गर्ने, रमाइलो माहौल बनाउने, खुसी, हंसमुख श्रीमान् महिलाहरुको रोजाइमा पर्ने गर्छन् ।
सहयोगी
महिलामा आफ्ना हुनेवाला श्रीमान् सहयोगी स्वभावको होस् भन्ने अपेक्षा हुन्छ । कतिपय श्रीमान् आफ्नो काममा मात्र तल्लिन हुने, घर परिवार, श्रीमाति कसैलाई महत्व नदिने हुन्छन् । यस्ता श्रीमान्प्रति महिलाहरु त्यती आकषिर्त हुँदैनन् ।
सभ्य
हुनेवाला श्रीमान्ले शिष्ठचार पालना गरोस् भन्ने चाहन्छन्, महिलाहरु । उनीहरु शालीन स्वभावका, शिक्षित, सभ्य होस् भन्ने अपेक्षा राख्छन् । म्यानर्स एवं एटिकेट्सलाई पनि गंभिरतापूर्वक लिने पुरुषलाई श्रीमान्को रुपमा देख्न चाहन्छन् ।
परिवारलाई समय दिने
काम, करियर, व्यवसाय आदिको चक्करमा श्रीमान्ले घर परिवारलाई समय दिन सकिरहेका हुँदैनन् । बाँकी समय पनि उनीहरु आफ्ना साथीभाईसँग विताउने गर्छन् । यसरी परिवारलाई समय नदिने पुरुषलाई श्रीमान्को रुपमा अंगाल्न त्यती इच्छुक हुँदैनन्, महिलाहरु ।
समझदार
आफ्ना श्रीमान् समझदार होस् भन्ने चाहन्छिन्, महिलाहरु । आफुलाई बुझ्ने, सहयोगी, कुनैपनि कुरालाई सही ढंगले मूल्यांकन गर्ने पुरुषलाई श्रीमान्को रुपमा अंगाल्न चाहन्छन् ।
प्रतिक्रिया 4