Comments Add Comment

फुटबल फ्यानले खेल हेर्न के सम्म गर्न सक्छन् ?


फुटबल भनेपछि मरिहत्ते गर्ने क्रेजी फ्यानहरु संसारमा धेरै होलान् । तर, यतिसम्म क्रेजी सायदै अरु कोही होलान् ।

टर्कीमा एक फुटबल फ्यानले रंगशालामा गएर खेल हेर्न नपाएपछि क्रेन भाडामा लिए । र, क्रेनमाथि चढेर रंगशालाभित्र भएको प्रतिस्पर्धा हेरे ।

उनी डेनिजिस्पोर फुटबल क्लवका डाइहार्ट फ्यान थिए । गाजिायान्टेप्स्पोरविरुद्धको खेल उनलाई नहेरी भएको थिएन । त्यसैले उनले एउटा क्रेन भाडामा लिएर, त्यसलाई रंगशालाको पछाडि राखे, अनि त्यसमा चढेर बेरोकटोक खेलको मजा लिए ।

उनको टिमले सो खेल ५-० ले जित्यो ।

खेलका क्रममा उनले क्रेनबाटै आफ्नो टिमको समर्थनमा हुटिङ गरेका थिए । यो देखेर रंगशालाका दर्शकहरुले पनि चिच्याएर उनलाई साथ दिए । उनले टिमको झण्डा पनि बोकेका थिए, जसलाई निरन्तर रंगशालामाथि फहराइरहे ।

उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ती फ्यानले किन रंगशालामा पसेर खेल हेर्न पाएनन् भन्ने चाहिँ खुलेको छैन । तर, उनलाई एक वर्षको प्रतिवन्ध लागेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment