+
+
Shares

समृद्ध पर्साका लागि २३ बुँदे एजेन्डा : माटो परीक्षणदेखि बेटी बचाऔंसम्म

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १९:२२

१७ वैशाख, वीरगञ्ज । ‘आफ्नो गाउँ, आफ्नो शहर आफैं बनाऔं’ भन्ने नाराका साथ समृद्ध पर्साका लागि २३ बुँदे एजेन्डा सार्वजनिक गरिएको छ । समृद्ध पर्सा विकास समितिले जिल्लाको समग्र विकासका लागि २३ बुँदे एजेन्डा सार्वजनिक गरेको हो ।

पर्साको पोखरीयामा रहेको रामदेव कलवार जिल्ला उचांगल माविमा सोमबार आयोजित कार्यक्रममा समृद्ध पर्सा विकास समतिका संयोजक सांसद हरिनारायण रौनियारले विकासका एजेन्डा सार्वजनिक गरेका हुन् ।

नियमित रुपमा खाजा, मासु, फलफूल तरकारी पसल सफा राख्न लगाउनुको साथै अनुगमन गर्ने, विद्यालय, स्वास्थ्य केन्द्र, अस्पताल, कृषि केन्द्रको सेवा सुधार गर्ने, विभिन्न कुरीति विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै सीपमूलक र प्राविधिक तालिम सञ्चालन गर्ने, लघु सिंचाई, टुयुवेल, बाँध निर्माण, उन्नत किसिमको बिउ बिजन वितरण, माटो परीक्षण गर्ने विषय समृद्धिका एजेण्डामा छन् ।

त्यस्तै नगदे बालीमा प्रोत्साहन, व्यवस्थित पशुपालन तथा कृषकहरुलाई समूहमा आवद्ध हुन प्रोत्साहन, पूर्वाधार विकासमा छरितोपन, दलित वर्गका लागि विशेष कार्यक्रम, बेटी पढाऔं, बेटी बचाऔं प्रदेश सरकारको अभियानलाई तिव्रता, चारैवटा संसदीय क्षेत्रमा एक एक वटा आधुनिक सभाहल निर्माण, चारै क्षेत्रमा एक/एक वटा आधुनिक खेल मैदान निर्माणका विषय पनि एजेण्डामा उल्लेख गरिएको छ ।

पोखरिया अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति, चारै क्षेत्रमा इलाका प्रशासन मालपोत, नापी कार्यालयको स्थापना, क्षेत्रीय स्तरको सडक निर्माणमा तिब्रता ल्याउने, कृषि बजार निर्माण, कोल्ड स्टोर, कृषि संकलन केन्द्र, जैविक मल उत्पादन केन्द्र निर्माण, भारतीय नम्बर प्लेटका सवारी साधनलाई छोटी भन्सारबाट इन्ट्रीको व्यवस्था पनि समृद्धिको एजेण्डामा समावेश छ ।

पोखरीया नगारपालिकाले आयोजना गरेको कार्यक्रममा सांसद लक्ष्मणलाल कर्णले स्थानीयको सहभागितामा विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

‘सबैभन्दा पहिले स्थानीय तह आएको अनुभूति सर्वसाधारणलाई गराउनु आवश्यक छ’ उनले भने ‘जिल्लाको विकासका लागि एउटा योजना बनाएर स्थानीयको सहभागीतामा विकासका काम गर्न सकिन्छ । त्यसका लागि विज्ञ सहितको टोली बनाएर काम गर्नुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?