+
+
Shares

७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार, जिब्रो पनि काटे

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते २१:०१

१७ वैशाख, काठमाडौं । इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ ।

उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा. अनिल बस्नेतका अनुसार महिलालाई सोमबार राति नै हस्पिटल ल्याएको हो ।

‘केही चोटपटकहरु देखिएका छन् । सुरुमा इमर्जेन्सी वार्डमा राखेर उपचार भएको थियो’, बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिले ओपीडी वार्डमा राखेर उपचार भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?